रैजसो
कलाकारको दालभात अहिले स्टेज कार्यक्रममा निर्भर छ । यही दालभातको
प्रलोभनमा पर्दा आर्थिकदेखि शारीरिक शोषणसम्म भोगिरहेका छन्, कलाकार ।
विदेशबाट अफर आउनासाथ ‘भइहाल्छ नि’ भन्ने केही कलाकारको प्रवृत्तिले मौकाको
ताकमा रहेका आयोजकलाई शोषणको ढोका खोलिदिएको छ ।
कार्यक्रममा उनीसँगै लोक गायिका गीता सेञ्चुरी, गायक भगिरथ चलाउने र
विक्रमजंग शाह सहभागी रहेको आयोजकले पोस्टर सार्वजनिक गरेका थिए । पोस्टरमा
उल्लेख भएअनुसार कार्यक्रमको आयोजक श्यामबाबु पटेल र भीमसेन केसी थिए ।
फेब्रुअरी १६ देखि १८ सम्म मलेसियाको तीन स्थानमा कार्यक्रम राखिएको थियो ।
न्यौपानेको दाबीअनुसार आयोजकमध्येका एकले उनलाई फेसबुकमार्फत् घुमाउरो
पारामा सेक्स प्रस्ताव राखेका थिए । उनले प्रस्ताव राख्नेको नाम भने
खुलाइनन् ।
मलेसियामा हुने भनिएको युनिक धमाका–७ कार्यक्रम विवादमा आयो । कारण थियो–
आयोजकको बद्नियत । कारण खुलासा गरेकी थिइन् मोडल प्रमिला न्यौपानेले । केही
महिना अगाडि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आयोजकका एक सदस्यकोे कुनियत
सार्वजनिक गरेकी थिइन्– ‘कार्यक्रमको बहानामा सेक्स प्रस्ताव राखे ।’
प्रमिलाका अनुसार कार्यक्रममा सहभागिताबारे उनको नाम फाइनल भइसकेको थियो ।
सहभागी हुने अन्य कलाकारसहित उनको तस्बिर राखेर कार्यक्रमको पोस्टर सामाजिक
सञ्जाल फेसबुकमा राखिएको थियो । पछि उनको तस्बिर हट्यो । उनको ठाउँमा
कलाकार लीला गिरीको नाम चयन भयो । उनी प्रमिलाकै साथी हुन् । प्रमिलाले
सेक्स प्रस्ताव अस्वीकार गरेको खबर बाहिरिइसकेको थियो । ‘शरीर बेचेर विदेश
जान लागेको’ भन्ने आलोचना आउन थालेपछि उनले आयोजक टिमलाई नआउने भनी जानकारी
दिइन् ।
रित्तै फर्काउँछन् आयोजक
विदेशमा रहेका नेपालीमाझ आफ्नो कला संस्कृति फैलाउने र मनोरञ्जन दिन त्यता रहेका नेपाली संस्था र व्यक्तिहरुले वर्षभरि नै विभिन्न कार्यक्रम आयोजना गर्छन् र नेपालबाट कलाकार बोलाउँछन् । मलेसिया, कतारजस्ता खाडी मुलुक मात्रै हैन युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडा लगायतका देशमा समेत कार्यक्रमको चापाचाप हुन्छ । नयाँ वर्ष, दसैँ, ल्होसार लगायतका चाडपर्वमा स्वदेशमा पातलिने कलाकारको संख्याले उनीहरुमा रहेको विदेशको मोह देखिन्छ ।

यस्ता कार्यक्रमले विदेशमा रहेका नेपालीमाझ नेपाली कला पुगेको छ । कला
क्षेत्रमा सक्रिय कलाकारको आम्दानीको स्रोत बढेको छ तर यसको सकारात्मक पाटो
मात्रै छैन । मोडल प्रमिलाले उजागर गरेझैँ अँध्यारो पाटो पनि उस्तै छ ।
यस्तै अनुभव छ, गायिका मनु नेम्वाङको पनि । मातृभाषामा गीत गाउने नेम्वाङ
लिम्बु समुदायका मेला महोत्सवमा कतै छुट्दिनन् । आफ्नो समुदायमा राम्रो पकड
बनाएकी उनको राहदानीका धेरै देशको छाप छ । कतैको भ्रमण सुखद् भए पनि दुखद्
पाटो पनि उत्तिकै छ । केही महिनाअघि उनी तीन महिने वेस्मालाङयोक–२ (फरक
पाइला–२) नामको कार्यक्रममा सहभागी हुन कार्यक्रमका लागि युरोपेली देशमा
पुगिन् तर पूरा महिना टिक्न सकिनन्, नेपाल फर्किइन् ।
नेपाल फर्कनुको कारण सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै भनिन्, ‘जति ठाउँमा
कार्यक्रम गरेँ, त्यसको पारिश्रमिक पाइनँ । बन्द खाममा प्लेन भाडाबाहेक
केही थिएन ।’ यी दुई कलाकार त खुले तर यस्तै पीडा भोगेको तर खुल्न नचाहने
कलाकारको संख्या बाक्लै छ यहाँ । यहाँ यस्तै एक गायिकाको अनुभव पनि
पढ्नुस्, जो विदेशमा हुने कार्यक्रममा सहभागी हुन जाँदा पारिश्रमिकको त के
कुरा उल्टै यौन शोषणको शिकार भइन् ।
युट्युबमा लोकगीतहरुलाई नयाँ तरिकाले गाएर कार्यक्रम आयोजकको नजरमा परेकी
उनलाई दुबईमा हुने कार्यक्रमको कन्सर्टमा लैजाने प्रस्ताव आयो । पारिश्रमिक
पनि राम्रै दिइने कुरा थियो । राम्रो अवसर भनेर उनले ओके भनिदिइन् । एक
हप्तामै उनी दुबईका लागि उडिन् । कार्यक्रम भव्य भयो । वैदेशिक रोजगारका
लागि दुबई पुगेका नेपालीले रमाइलो गरे । कार्यक्रम सफल भयो । आयोजकले पनि
रामै्र आम्दानी गरे तर उनले न पारिश्रमिक पाइन्, न फर्कने हवाई भाडा ।
एग्रिमेन्ट नै नगरी राजी
रकसिद्धि इभेन्ट म्यानेजमेन्टका प्रमुख अमित उपाध्यायको दृष्टिमा एग्रिमेन्ट नै नगरी कार्यक्रममा सहभागी हुन विदेश जानु, समस्याको प्रमुख कारण हो । आयोजक कस्तो हो ? कति पारिश्रमिक पाउने हो ? कार्यक्रम अवधिभरको बसाई र सुरक्षाको प्रबन्ध लगायतका पाटोमा प्रस्ट भएर सम्झौतापछि मात्रै कार्यक्रममा सहभागी हुने बानी बसाले कलाको नाममा कालो काम गर्नेहरु निरुत्साहित हुने उनले बताए ।

‘फर्कंदा रित्तै थिएँ, उल्टै यौन शोषणमा परेँ,’ ती गायिकाले भनिन्,
‘आयोजकले जाँदा आफैँले टिकट भाडा तिर्नुपर्छ, फर्कने बेलामा भाडा र
पारिश्रमिक दुवै एकैपटक दिन्छु भनेको थियो तर शारीरिक र मानसिक पीडाबाहेक
केही दिएन ।’ युएईमा सम्पन्न प्रतिभाशाली कलाकार सामाजिक कार्यक्रममा गएका ६
कलाकार सित्तैमा सहभागी भएर नेपाल फर्किए । कार्यक्रममा सहभागी
कलाकारमध्येका एक सुदिप गैरेले भने, ‘लाखौँ खर्च गरेर एल्बम निकालियो र
युएईमा राम्रो स्टेज पर्फमेन्स पनि गरियो तर पारिश्रमिक भने पाइएन ।’
विदेशका लागि किन मरिहत्ते ?
सबै कार्यक्रम आयोजक उस्तै हुन्छन् भन्ने छैन अनि सबै कलाकारको भोगाई उस्तै छ भन्ने पनि हैन । विदेश भन्नासाथ मरिहत्ते गर्ने कलाकार र यसैलाई हतियार बनाएर स्वार्थ पूरा गर्नेको बढ्दो संख्याले विदेशमा हुने कार्यक्रम बदनाम हुँदै गएको भने सत्य हो ।

युएइमा सम्पन्न सपोर्ट माई स्कुल (एसएमएस) धमाका २०१७ का संयोजक सुरेन्द्र
थिङ तामाङ कार्यक्रमको बहानामा विदेश गएर उतै बस्ने मानसिकता लिएर आयोजकसँग
अग्रिमेन्ट नगरी विदेश जाने कलाकार शोषणमा पर्ने गरेको बताउँछन् । ‘कतिपय
कलाकार विदेशी भूमिमा टेक्नकै लागि मात्रै कार्यक्रममा सहभागी हुने चाहना
राख्छन्,’ उनले भने, ‘टिकटको पैसासमेत आफैँ तिरेर विदेश आउन राजी हुनेहरु
उत्तिकै हुन्छन् ।’
कार्यक्रममा सहभागी हुन भनेर गएकाहरु पछि उतै अड्किएका तथ्यले सुरेन्द्रको
दाबी पुष्टि गर्छ । नेपालमा जमेका गायक, नायक, निर्देशक लगायतका कलाकारहरु
युरोप, अमेरिका लगायतका देशमा आयोजित कार्यक्रममा सहभागी हुन गएर पछि उतै
पलायन भएकाको संख्या बाक्लै छ ।
‘हिजोआज इन्टरनेटबाटै आयोजकबारे जानकारी लिन सकिन्छ,’ उनले भने, ‘को फटाहा
हो, राम्रो आयोजक को हो सजिलै थाहा पाउन सकिन्छ । जानकारी नलिई लालचमा
फँसेर विदेश गए फँसिन्छ । आफू कोसँग कहाँ, के कामका लागि जाँदैछु भन्नेबारे
राम्रोसँग जानकारी लिएर मात्र विदेश आए राम्रो ।’
उतैका कलाकार पनि जोगिएनन्
नेपालबाट विदेश जानेहरुको कथा त छँदैछ । विदेशमै रहेर कलाकारितामा संघर्ष गरिरहेकाहरु पनि स्टेजको बहानामा दुव्र्यवहारको शिकार हुने गरेका छन् । त्यसको प्रमाण हो, गत साल असोजमा अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी गायिका निक्की कार्कीले भोग्नु परेको कालो अवस्था ।

युट्युबबाट दर्शक/श्रोतामाझ चम्किएकी गायिका हुन् निक्की । उनको ‘जेट
उडाउँछु’ र ‘दुनियाँ बेग्लै छ’ बोलका गीत हिट छन् ।स्टेज कार्यक्रमका लागि
नर्थ क्यारोलिना (अमेरिका)को सार्लोटमा गएका बेला उनी आयोजकको एक सदस्यबाट
दुव्र्यवहारमा परेको सार्वजनिक गरेकी थिइन् । उनले घटना लुकाइनन् । कालो
काम गर्ने आयोजकका सदस्य सुशील नेपालको नामै सार्वजनिक गरिदिइन् ।
अमेरिकामा रहेका विभिन्न नेपाली संस्थाका अधिकारीसँग आफूमाथि भएको
दुव्र्यवहारबारे जानकारी दिएर कारबाहीका लागि आग्रह गर्दासमेत वास्ता
नभएपछि उनले घटना सार्वजनिक गरेकी थिइन् ।
उनले सार्वजनिक गरेको घटनाक्रमअनुसार गत सेप्टेम्बर १ देखि ३ सम्म नर्थ
क्यारोलिनामा आयोजित नासिया–आन्माको संयुक्त सम्मेलनको अन्तिम दिन
कार्यक्रममा सहभागी हुन गएका बेला उनीमाथि दुव्र्यवहार भएको थियो ।
निक्कीले तत्काल दिएको भिडियो बयानअनुसार नेपाल कार्यक्रम हुने दिन बिहान ५
बजे गायिका कार्कीलाई एयरपोर्टमा लिन गएका थिए तर उनले निक्कीलाई ‘कसैले
सोधेमा आफैँ ट्याक्सीमा आएको भन्नू, म लिन आएको नभन्नू ल’ भनेर आग्रह गरेका
थिए ।
‘राति ३ बजेतिर कार्यक्रम सकिएको थियो,’ भिडियोमा निक्कीले भनेकी छन्,
‘कार्यक्रम सकिएपछि उहाँले मलाई ‘तिमीले प्रोग्राम राम्रो ग¥यौ, तिम्रो चेक
रेडी छ । चेक लिन मेरो रुममा आउनू’ भन्दा त म झन् डराएँ । उहाँको नियत त
प्रस्टै भयो । त्यसपछि मैले कार्यक्रममै भेट भएकी एकजना दिदीलाई यी सब घटना
सुनाएँ ।’
भेटलगत्तै उनले गरेको यस्तो आग्रह सुनेर निक्की चकित भइन् । त्यसपछि
सुशीलले यतिखेर अतिथि गृहमा कोठा लिन नमिल्ने भन्दै आफ्नो कोठा लिएर गए ।
‘मेरो कोठामा फ्यामिली छ भन्नुभएको थियो तर पुग्दा त कोही पनि थिएन,’
निक्कीले युट्युबमा सार्वजनिक गरेको भिडियो बयानमा भनेकी छन्, ‘म एकदमै
थाकेर गएकी थिएँ, त्यसैले मैले त्यहाँ कोही नदेखेपछि म कहाँ सुतौँ भनेर
प्रश्न उठाएँ । भित्र एउटा मात्र बेड थियो । बेडको बीचमा एउटा सिरानी
राखिएको थियो । दाइले पहिल्यै प्लान गर्नुभएको रहेछ ।
निक्की अब दुई घण्टा मात्र त हो नि, तिमी एउटा साइडमा सुत म अर्को साइडमा
सुत्छु भन्नुभयो । मैले जिन्दगीमा कहिल्यै नदेखेको आयोजक टिमको दाइले त्यसो
भन्दा मलाई कस्तो महसुस होला ? तपाई आफैँ अनुमान गर्नुस् ।’
‘नेपालभित्रै स्टेज कार्यक्रमका लागि बोलाउँदा पनि घुमाउरो पाराले प्रस्ताव
राख्ने गर्छन्,’ गायिका सरु गौतम भन्छिन्, ‘आफूले अंकल, दाइ भनेर सम्बोधन
गर्दै बोलिएको हुन्छ तर उनीहरुको इमान्दार स्वभाव एकाएक बद्लिन्छ । ‘हजुर
कस्तो राम्री हुनुहुन्छ, यहाँ आएको बेला सँगै घुम्न जानुपर्छ’ भन्ने टाइपको
कुरा गर्न थालिहाल्छन् । गाउन बोला’को कि उनीहरुसँग घुम्न ? बुझ्नै गाह्रो
!’
निक्कीले सुशीललाई भिडियोमार्फत् यत्ति मात्र आरोप लगाएकी थिइनन्,
कार्यक्रम समापनपछि सुशीलले आफूलाई कोठामा बसेर सँगै बियर खान जबर्जस्ती
आग्रह गरेको समेत खुलाइन् ।
स्वदेशमा पनि उस्तै
विदेशमा मात्रै होइन स्वदेशमै पनि स्टेज कार्यक्रमका बहानामा नेपाली कलाकारमाथि दुव्र्यवहार हुने गरेको छ । विशेषगरी संघर्षरत् कलाकारलाई आयोजकले कार्यक्रममा बोलाएबापत गलत प्रस्ताव र व्यवहार गर्ने गर्छन् ।

दुव्र्यव्हार र शोषणबारे किन बोल्दैनन् कलाकार ?
स्टेजका बहानामा हुने दुव्र्यव्हार र शोषणबारे यहाँ कलाकार खुलेर बोल्न डराउँछन् । कारण– स्टेज कार्यक्रम नपाउने डर । नाम नखोलिदिने सर्तमा एक गायिकाले शुक्रवारसँग भनिन्, ‘ठाडै प्रस्ताव राख्ने, जबरजस्ती गर्न खोज्ने आयोजकहरु धेरै झेलेको छु तर मिडियामा ल्याउँदा आफैँलाई घाटा हुन्छ । यसले त सब पोल खोलिदिन्छे भनेर कार्यक्रममा बोलाउनै छाड्छन् ।’

https://www.youtube.com/channel/UCRBWYJPMuFSS4bb4jP-Farw?sub_confirmation=1
No comments:
Post a Comment