नेपाल चलचित्र निर्देशक समाज तथा ह्वाईट हाउस कलेज धरानको संयुक्त आयोजनामा आज धरानमा ग्राण्ड सेलिब्रेटी नाईट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको सभापतीत्व नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष सुचित्रा श्रेष्ठले गरेकी थिईन भने प्रमुख अतिथिमा नेपाल सरकार चलचित्र बिकास बोर्ड तथा नेपाल चलचित्र निर्माता संघका पुर्व अध्यक्ष राजकुमार राई थिए ।
कार्यक्रममा एक नम्बर प्रदेशका कलाकारहरुले विभिन्न किसिमका साँस्कृतीक प्रस्तुतीहरु दिएर उपस्थित दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । उक्त साँस्कृतीक कार्यक्रम प्रस्तुत गर्ने क्रममा केही स्थानीय कलाकारहरुले बिदेशी संस्कृती झल्काउने बिदेशी गितमा समेत नृत्य गरेका थिए । नेपाली चलचित्र निर्देशकहरुको कार्यक्रममा बिदेशी गितमा नृत्य गरेको देखेपछि उपस्थित केही दर्शकले यो निकै नै लज्जा जनक कार्य भएको प्रतिकृया दिएका थिए ।
कार्यक्रममा एक नम्बर प्रदेशका बरिष्ठ कलाकार बिश्व बस्नेत, एक नम्बर प्रदेशका महिला चलचित्र निर्देशकहरु र स्थानीय केही कलाकर्मीहरुलाई सम्मान गरिएको थियो ।
यस कार्यक्रमको संयोजन चलचित्र निर्देशक तथा ह्वाईट हाउस कलेज धरानका प्रिन्सिपल अरुण प्रधानले गरेका थिए ।
Tags
# news
# Online TV
# गज़ल/मुक्तक
Share This
About Unknown
गज़ल/मुक्तक
Labels:
news,
Online TV,
गज़ल/मुक्तक
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment