हास्यँ कलाकार दीपकराज गिरीकी छोरी मौषमी गिरीको बिवाह पक्का भएको छ । बुधबार बानेश्वरमा भएको इंगेजमेन्टमा मौषमीले शुशिल पण्डितसँग औँठी साटेकी हुन् । नुवाकोट घर भएका शुशिलसँग मौषमीको प्रेम बिवाह हुने भएको हो । पढाईको क्रममा भारतको बैङ्गलोरमा रहेका उनीहरु केहिबर्षदेखी प्रेममा थिए ।
शुशिल नुवाकोटको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितका छोरा हुन् । मौषमी र शुशिलको इंगेजमेन्टमा कलाकारहरुको उपस्थिती थियो । इंगेजमेन्टमा दीपाश्री निरौला, जितु नेपाल लगायत अन्य कलाकार तथा पारिवारिक सदस्यहरुको उपस्थिती थियो । दीपाले आफ्नो फेसबुकमा केही फोटोहरु राख्दै मौषमी र शुशिललाई बधाई दिएकी छिन् । उनीहरुको बिवाह फागुनको ११ गते हुने शुशिल निकट पारिवारिक श्रोतले बताएको छ ।
No comments:
Post a Comment