पदभार ग्रहण लगत्तै प्रधानमन्त्री ओलीका ५ निर्णय - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

पदभार ग्रहण लगत्तै प्रधानमन्त्री ओलीका ५ निर्णय

पदभार ग्रहण लगत्तै प्रधानमन्त्री ओलीका ५ निर्णय

Share This
काठमाडौं- नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पदभार ग्रहण लगत्तै ५ वटा निर्णय सार्वजनिक गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा साँझ ८ बजे पदभार ग्रहण गरेलगत्तै प्रधानमन्त्री ओलीले नयाँ सरकारका प्राथमिकताका ५ निर्णय सार्वजनिक गरेका हुन्। 
प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियान अन्तर्गत सार्वजनिक गरेका ५ निर्णय यस्ता छन्: 
१. संविधान कार्यान्वयन गर्ने
पहिलो बुँदामा राज्यको पुनर्संरचना अन्तर्गत तीनै तहका सरकारलाई जनमुखी, सबल र प्रभावकारी बनाउने निर्णय गरिएको छ। त्यस्तै, राज्यका तीन वटै तहमा कानुनी व्यवस्था, प्रशासनिक संरचना र जनशक्तिको व्यवस्थापन गर्ने निर्णय प्रधानमन्त्री ओलीले गरेका छन्। 
२. आर्थिक समृद्धिका लागि कृषिको आधुनिकरण र व्यवसायीकरण
दोस्रो बुँदामा प्रधामन्त्री ओलीले उद्योगहरुको संरक्षण, स्थापना र विकासलाई समावेश गरेका छन्। विकासका पूर्वाधारहरु यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता जनसरोकारका विषय र विकासलाई  जनताले प्रत्याभूति गर्नेगरी अघि बढाउने निर्णय गरिएको छ। पर्यटन तथा सेवा क्षेत्रको विकास गर्ने र आन्तरिक तथा बाह्य लगानी बृहत् रुपमा वृद्धि गर्ने लक्ष्य नयाँ सरकारले लिएको छ।
देशको उत्पादकत्व वृद्धि गर्ने, बृहत् पूर्वाधार विकासमा जोड दिने, उद्योग र आर्थिक क्रियाकलापको विस्तारका लागि लगानीमैत्री वातावरणको विकास गर्ने र अर्थतन्त्रका सबै क्षेत्रलाई गतिशील बनाई राष्ट्रिय पुँजी विकासलाई प्राथमिकता दिने सरकारको लक्ष्य छ।
३. आम रुपमा रोजगारीका अवसर सिर्जना गर्ने
नयाँ सरकारले मुलुकमा देखिएको चरम बेरोजगारी समस्यालाई सम्बोधन गर्ने कार्यक्रम अघि सार्ने निर्णय गरेको छ। आम रुपमा रोजगारीका अवसर सिर्जना गरेर मुलुकलाई समृद्धितर्फ अघि बढाउने सरकारको संकल्प छ।
४. सामाजिक न्याय र समानताको कार्यान्वयन गर्ने
चौथो बुँदामा संविधानमा रहेको सामाजिक न्याय, समानतालाई व्यावहारिक रुपमा जनताले अनुभूति गर्नेगरी काम गर्ने सरकारको निर्णय छ। 
५ शासकीय सुधार र भ्रष्टाचार नियन्त्रण गर्ने
प्रधानमन्त्री ओलीले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउने निर्णय गरेका छन्। भ्रष्टाचार नियन्त्रण कडाइका साथ उत्रने प्रधानमन्त्री ओलीले उद्घोष गरे।
नयाँ सरकारले प्रमुख राष्ट्रिय कार्यसूचीमा उल्लेख्य सफलता प्राप्त गर्न राज्यका सम्पूर्ण स्रोत, साधन, सार्मथ्य र संयन्त्रलाई अभियानको रुपमा परिचालन गर्ने समेत निर्णय गरेको छ।
यस्तै, देशका प्रचुर सम्भावनालाई साकार बनाउन नीतिगत ढंगले सम्बोधन गर्ने निर्णय समेत प्रधानमन्त्री ओलीले गरेका छन्।

No comments:

Post a Comment