राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायकरथीको दज्र्यानी चिह्न लगाइदिएकी छिन् । बुधबार जंगी अड्डामा आयोजित समारोहमा घिमिरेले सैनिक पोसाकसहित फुली लगाएका हुन् ।
मन्त्रिपरिषद्ले २६ माघमा राष्ट्रकवि घिमिरेलाई राष्ट्रिय गीत, नेपाली भाषा र साहित्यको विविध विधामा पुर्याएको योगदानको कदरस्वरूप मानार्थ सहायकरथी दर्जा प्रदान गर्ने निर्णय गरेको थियो ।
No comments:
Post a Comment