गुनासो
कैलेकाही लाग्छ
हामि गुनासो पोख्ने जन्मेका हौ,
कैलेकाही लाग्छ
हामि गुनासो सुन्न जन्मेका हौ
आखिर जे भएपनि गुनासो गुनासो हो ....
हामि गुनासो पोख्ने जन्मेका हौ,
कैलेकाही लाग्छ
हामि गुनासो सुन्न जन्मेका हौ
आखिर जे भएपनि गुनासो गुनासो हो ....
गुनासोहरु सरल हुन्छन कि जटिल बुझ्ने सकिदैन
कैले सरल लागेका चिजहरु कैले जटिल बनिदिन्छन
कैले जटिल लागेका बस्तुहरु सरल बनिदिन्छन
बस उल्टो पाल्टो चलिरहन्छ...
कैले सरल लागेका चिजहरु कैले जटिल बनिदिन्छन
कैले जटिल लागेका बस्तुहरु सरल बनिदिन्छन
बस उल्टो पाल्टो चलिरहन्छ...
कैले समयसँग
कैले भगवान संग
कैले कैले आफैसंग
अनि कैले तिमीसंग
म भित्र धेरै गुनासोहरु छन
बस प्रस्फुटनको लागि उचित समय पर्खिरहेछन..
कैले भगवान संग
कैले कैले आफैसंग
अनि कैले तिमीसंग
म भित्र धेरै गुनासोहरु छन
बस प्रस्फुटनको लागि उचित समय पर्खिरहेछन..
तिमि संग पनि होलान थुप्रै गुनासोहरु
प्रेमिल,आक्रोस,शान्त वा अरु रुपमा
तिमि पनि होलाउ प्रतिक्षामा
कि कैले पोखु मेरा गुनासोहरु
प्रेमिल,आक्रोस,शान्त वा अरु रुपमा
तिमि पनि होलाउ प्रतिक्षामा
कि कैले पोखु मेरा गुनासोहरु
आऊ एउटा सम्झौता गरौ
तिमि तिमिभित्रको अलिकति म संग गुनासो पोख्
म म भित्रको अलिकति तिमि संग गुनासो पोख्छु
तिमि समय संग गुनासो गर
म घडी भएर सुनिदिउला
म भगवान संग गुनासो गर्छु
तिमि मुर्ति भएर सुनिदेउ
र अन्त्य गरौ गुनासोहरुको शिलशिला
अनि बाँचौ
गुनासो रहित जिन्दगि
प्रेमिल समुदाएमा
जहा स्वागत गेटमा लेखिएको हुनेछ
गुनासो मुक्त बस्ति......
तिमि तिमिभित्रको अलिकति म संग गुनासो पोख्
म म भित्रको अलिकति तिमि संग गुनासो पोख्छु
तिमि समय संग गुनासो गर
म घडी भएर सुनिदिउला
म भगवान संग गुनासो गर्छु
तिमि मुर्ति भएर सुनिदेउ
र अन्त्य गरौ गुनासोहरुको शिलशिला
अनि बाँचौ
गुनासो रहित जिन्दगि
प्रेमिल समुदाएमा
जहा स्वागत गेटमा लेखिएको हुनेछ
गुनासो मुक्त बस्ति......
युनिक
No comments:
Post a Comment