चलचित्र ‘कृ’ को आक्रामक ब्यापार देशभर हाउसफुल - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

चलचित्र ‘कृ’ को आक्रामक ब्यापार देशभर हाउसफुल

चलचित्र ‘कृ’ को आक्रामक ब्यापार देशभर हाउसफुल

Share This
चलचित्र ‘कृ’ले रिलिजको दोश्रो दिन शनिबार देशभरका हलमा आक्रामक व्यापार गरेको छ । काठमाण्डौमा चलचित्रको व्यापार बम्पर छ । शनिबार बिहानैदेखि काठमाण्डौका सिंगल र मल्टिप्लेक्स हलमा चलचित्रको आक्रामक व्यापार देखियो । काठमाण्डौको सर्वाधिक चर्चित हल मानिएका गोपिकृष्ण मुभिज र अष्टनारायण पिक्चर्समा चलचित्रको व्यापार बम्पर रह्यो ।
गोपिकृष्ण मुभिजमा बिहानी शोमा ४ वटा हल हाउफूल रहे । दिउँसो सवा २ बजेको शोमा गोपिकृष्णका ६ वटा पर्दा हाउसफूले रहे । नेपाली चलचित्र पहिलो पटक एकसाथ ६ वटा पर्दामा लागेको हल संचालकले जानकारी दिएका छन् ।
बलिउड चलचित्र ‘प्याडम्यान’लाई समेत गोपिकृष्ण मुभिजको कृष्ण हलबाट नेपाली चलचित्र ‘कृ’ले विस्थापित गरिदियो । शनिबार काठमाण्डौको अष्टनारायण हलमा बिहानी शोदेखि रात्रीकालिन शोसम्म ४ वटै पर्दामा ‘कृ’ हाउसफूल रह्यो । हिन्दी चलचित्रलाई हटाएर दिनभर अष्टनारायणका ४ वटै पर्दामा नेपाली चलचित्र ‘कृ’ देखाइएको थियो ।
हल संचालकहरुले लामो समयपछि यस्तो क्रेज हलमा देखिएको बताए । काठमाण्डौका क्यूएफएक्स, बीग मुभिज, एफक्यूब, बीएसआर जस्ता मल्टिप्लेक्स हलमा पनि चलचित्र दिनभरी नै शत प्रतिशत व्यापार गर्न सफल रह्यो । काठमाण्डौ बाहिर पनि चलचित्रको व्यापार आक्रामक रहेको वितरक र निर्माताले बताएका छन् । काठमाण्डौ बाहिरका पोखरा, चितवन, वुटवल, नेपालगञ्ज, इटहरी, विर्तामोड, धरान, दमक, हेटौडामा पनि चलचित्रले उच्च कलेक्शन गर्न सफल भएको छ ।
हलमा अनमोलको यस्तो क्रेज
नायक अनमोल केसी र नायिका अदिती वुढाथोकी शनिबार काठमाण्डौका २ हलमा पुगे । दिउँसो सवा १ बजे काठमाण्डौको गोपिकृष्ण हलमा पुगेका अनमोल र अदितीलाई ६ जना बडिगार्डको सुरक्षा दिइएको थियो । अगाडि प्रहरीको भ्यान र पछाडि ६ जना बडिगार्डको सुरक्षामा हल पुगेका अनमोल र अदितीलाई दर्शकको भिडबाट निकाल्न हम्मेहम्मे परेको थियो । अनमोललाई देखेर धेरै यूवती रोएका थिए भने कतिपयले अटोग्राफ मागे । गाडीबाट हलसम्म पुग्न अनमोललाई लामो समय लाग्यो । दर्शक गाडीमै चढेपछि अनमोल बाहिर निस्किएर सबैलाई अभिभावदन गरे र धन्यबाद भनेका थिए ।
दर्शकको भीडमा अनमोलले ‘आउनुहोस् हामी सबै मिलेर राष्ट्रियताको बिषयमा ऐक्यवद्धता जनाउ’ भन्दै उनले राष्ट्रिय गान गाएका थिए । अनमोलले राष्ट्रिय गान गाउँदा उनीसँगै हलमा पुगेका दर्शकले पनि गाएका थिए । आफू र नेपाली चलचित्रलाई माया गरिदिएको भन्दै अनमोलले सबै फ्यानलाई धन्यवाद दिए । उनले, आफ्नो कामका कारण दर्शकले आफूलाई यति धेरै माया गरेको हुनसक्ने बताए । नायिका अदिती वुढाथोकीले दर्शकको यस्तो माया पाउँदा खुशी लागेको बताइन् ।
यस्तै, काठमाण्डौको अष्टनारायण हलमा भने अनमोल चलचित्रको ब्रेकमा हल भित्रै प्रवेश गरेर दर्शकलाई धन्यवाद दिएका थिए । अनमोल एक्कासी हलमा पुग्दा दर्शक ‘अनमोल अनमोल’ भनेर चिच्याएका थिए । बच्चादेखि यूवायूवतीहरु उनीसँग सेल्फी खिच्न लालयित देखिए ।

निर्देशक सुरेन्द्र पौडेलले आफुहरुको मिहिनेत सफल भएको बताए । यस्तै, निर्माता सुवास गिरीले भने दर्शकको यो मायाले आफू झनै उत्साहित भएको बताए । प्रेम र एक्सनको मिश्रण यो चलचित्रलाई बदलाको कथामा बनाइएको छ । चलचित्र हेर्ने अधिकांश दर्शकले नायक अनमोल केसीले सधै एकै प्रकारको चलचित्र खेलेको तर ‘कृ’बाट फरक शैली अपनाएको भन्दै खुशी व्यक्त गरे । अनमोल केसीको एङ्ग्री अवतारलाई दर्शकले बढी मन पराएका छन् ।
चलचित्रको ‘वर्ड अफ माउथ’ राम्रो रहेकाले लामो समयसम्म चलचित्र चल्ने निर्माता सुवास गिरीको विश्वास छ । सुवास गिरी र नायक भूवन केसीले मिलेर यो चलचित्र बनाएका हुन् । चलचित्रले शनिबार देशभरी नै शत प्रतिशत व्यापार गरेको वितरक र निर्माताले बताएका छन् । 

No comments:

Post a Comment