काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले एमाले–माओवादी केन्द्रबीच पार्टी एकता नहुने हो भने आफूहरु एमाले नेतृत्वको सरकारमा सहभागि हुन अनिवार्य नभएको बताएका छन् ।
पार्टी एकतामा आफूहरुले कुनै पनि पदका लागि दबाब दिएको नभै सम्मानजनक एकताको कुरा गरेको भन्दै नेता गजुरेलले एकता प्रक्रिया टुङ्ग्याउनका लागि एमालेको निर्णायक भूमिका खेल्नुपर्ने बताए । सम्मानजनक एकताबारे एमालेले सोच्नुपर्ने उनले बताए ।
एकताको विषय धेरै लामो बनेको भन्दै नेता गजुरेलले एमाले अध्यक्ष केपी ओलीले पार्टी एकता गर्ने कि नगर्ने भन्ने विषयमा निष्कर्ष दिनुपर्ने बताए । ‘केपी ओलीले पार्टी एकता गर्ने कि नगर्ने भन्ने विषयमा निष्कर्ष दिनुपर्छ, अब छलफलको जरुरी छैन’, उनले खबरडबलीसँग भने, ‘वाम गठबन्धन र पार्टी एकता नहुने हो भने अर्को बाटो रोज्नुर्यो ।’
एकताका लागि आफूहरु लचिलो भए पनि दुवै पक्षलाई सहज हुने वातावरण बन्न नसकेको नेता गजुरेलले बताए ।
No comments:
Post a Comment