सिरियालाई समर्पित बिकाश रोका मगरको हृदए विदारक एक कविता - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

सिरियालाई समर्पित बिकाश रोका मगरको हृदए विदारक एक कविता

सिरियालाई समर्पित बिकाश रोका मगरको हृदए विदारक एक कविता

Share This


यो समय
ठिक यस्तै केहि हुदैछ - 
म नलेख्न सक्दो छु - तिम्रो नाममा कुनै कविताहरु ।
चिहानबाट बौलिएर आएको छ - मृत्यु
तिम्रो पवित्र आँगनमा ।
र बनाइहिडेको छ - खरानीको कुरुप नक्सा ।
नानीहरुको कोमल आँखामा
बसेको छ त्रासको डरलाग्दो चित्र 
जसबाट आँशुको सट्टामा झर्छ डरकै थोपाथोपा ।
पड्किएको छ - बम तिम्रो पूज्य स्थलमा
थाहा छ - त्यहिँ बाट भागेको छ ईश्वर पनि
एक्लै एक्लै गुजार्दैछौ युद्ध घाइते दैनिकीहरु ।
छु म पनि छु - तिमिले टेकेकै धर्तीमा
तिम्रो सपना जलेर कालो धुवाँ पुगेको आकाश-
मेरो पनि शीरमै छ उस्तै जूनतारा अडिएको ।
बतासमा गन्ध त पक्कै छ बारुदको निख्खर तिखो ।
तिम्रा पाठशालामा
अब हुनेछ नयाँ इतिहासको उदय - 
जहाँ बम बारुद र लाश अक्षर भै बसेका भेटिनेछन् ।
र टोकिरहनेछन् आउने सन्तानको कलिलो मस्तिष्क ।
सिरिया
म पनि उहि दुःखी आफन्ती हुँ
देखेको छु मैले पनि युद्धको जर्जर अनुहार 
धोएको छु मुख रगतको खोलामा
लाशहरुको बीचमा - सुतेको छु बेचैन निद्रा ।
हाम्रो गर्धनमा पनि - 
तेर्साइएथ्यो भाला तरबार र बन्दुक ।
दुखेको छु म पनि तिम्रो दु:खमा दुखेको छु
रिस पनि छ - इतिहास लेख्न रगत बलि माग्ने यो समयसंग ।
थाहा छैन अब के-के हुने हो ?
यद्यपी ओ ! सिरिया
तिम्रो जलेको घर वरपर - जलेको छ एक मानवता
मुस्लो बनेर उडेको छ - संवेदनाको नयाँ जहाज ।
सिरिया
सम्झदैछु - यो समय म पनि युद्धमा गुमाएका आफन्तीहरु
एकएक पिडित घाइतेहरुको निर्दोष अनुहार ।
मलाई थाहा छ तिमी दुख्नुको गहिराइ
हो म पनि रणमैदानबाट एक उछिट्टिएको चोइटो हुँ चोइटो ।
यो समय
ठिक यस्तै केहि हुदैछ - 
म नलेख्न सक्दो छु - तिम्रो नाममा कुनै कविताहरु ।
अक्षरमा बसेर मृत्यु जिस्काइबसेको छ - मेरो सोंचहरुलाई ।
@विकाश

No comments:

Post a Comment