काठमाडौं : पहिलो फिल्म हिट हुने कमै भाग्यमानी हिरोमध्ये पर्छन्, सलिनमान बानियाँ। उनको डेब्यू रहेको ‘ए मेरो हजुर २ ले राम्रै व्यापार गर्यो। सलिन पनि बक्स अफिसका चुम्बक मानिए।
अनमोल केसी र प्रदीप खड्काको नखराले वाक्क भएका निर्माताका लागि सलिन विकल्पको रूपमा आए। तर, कालान्तरमा सलिन पनि उही ड्याङको मुला निस्किए। सलिनले त अहिलेसम्म पनि कुनै निर्देशकलाई दोस्रो फिल्मका लागि पत्याएका छैनन्।
तर, दर्जनभन्दा बढी निर्देशकसँग फिल्मका लागि छलफलमा बसिसकेका छन्। यता सलिनले फिल्म खेलेको समाचार सुन्न आतुर उनका फ्यान फिल्मको साटो गर्लफ्रेन्डको समाचार आउँदा अचम्ममा परेका छन्।
सलिनले हालै मात्र प्रेमिका अस्प्रिना श्रेष्ठको बर्थडेको फोटो सगौरव इन्स्टाग्राममा सार्वजनिक गरेका थिए। हिरोहरूका लागि गर्लफ्रेन्ड सार्वजनिक गर्नु भनेको आफ्ना महिला फ्यान गुमाउनु हो।
तर, सलिनले जानेर वा नजानेर, यही गल्ती गरेका छन्। सलिनले गर्लफ्रेन्ड सार्वजनिक गरेसँगै बजारमा टिप्पणी हुन थालेको छ, ‘साथी त गर्लफ्रेन्डको पछि लागेका रैछन् न की फिल्मको पछि ?
No comments:
Post a Comment