त्यो वाचा बन्धन मजाक ठानी तिमीले बिर्स्यौ मलाई था'छ !!गजल / शेखर अस्तित्व - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

त्यो वाचा बन्धन मजाक ठानी तिमीले बिर्स्यौ मलाई था'छ !!गजल / शेखर अस्तित्व

त्यो वाचा बन्धन मजाक ठानी तिमीले बिर्स्यौ मलाई था'छ !!गजल / शेखर अस्तित्व

Share This
अतीतको त्यो मधुर कहानी तिमीले बिर्स्यौ मलाई था'छ !
सँगै सहेको त्यो घाम - पानी तिमीले बिर्स्यौ मलाई था'छ !!

मिलनको पहिलो त्यो रात बारे नपत्याए त्यो चन्द्रलाई सोध,
कुरै कुरामा भाथ्यो बिहानी तिमीले बिर्स्यौ मलाई था'छ !!

त्यो लाजले शिर झुकाई बस्ने त्यो मनको ईच्छा लुकाई बस्ने,
त्यो पाउले भूईँ कोट्याउने बानी तिमीले बिर्स्यौ मलाई था'छ !!

हजुरको मनले के भन्छ सुन्छु, भनी भुसुक्क निदाइ हाल्थ्यौ
मेरो यो छाती को त्यो सिरानी तिमीले बिर्स्यौ मलाई था'छ !!

हृदयले देखेको श्वप्नलाई को भुल्न सक्छ यति सजिलै ?
अवश्यै सम्झेर जानी जानी तिमीले बिर्स्यौ मलाई था'छ !!

बिदाईको बेला झरेका आँसु त्यो मौन कम्पित अधरको निम्तो
त्यो वाचा बन्धन मजाक ठानी तिमीले बिर्स्यौ मलाई था'छ !!

त्यो तिम्रो प्रेमी, त्यो तिम्रो रोगी, त्यो तिम्रो जिद्दी, त्यो तिम्रो पागल,
त्यो तिम्रो शेखर भयो खरानी तिमीले बिर्स्यौ मलाई था'छ!!
शेखर अस्तित्व 

No comments:

Post a Comment