उत्कृष्ट सेवा पुरस्कार पाएका प्रहरी बलात्कार केशमा फसे सुनसरीका प्रहरी प्रमुख निलम्वित - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

उत्कृष्ट सेवा पुरस्कार पाएका प्रहरी बलात्कार केशमा फसे सुनसरीका प्रहरी प्रमुख निलम्वित

उत्कृष्ट सेवा पुरस्कार पाएका प्रहरी बलात्कार केशमा फसे सुनसरीका प्रहरी प्रमुख निलम्वित

Share This
२३ माघ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी विद्यानन्द माझी निलम्बनमा परेका छन् । इटहरीमा भएको बलात्कार काण्डलाई ढाकछोप गरेको आरोपमा एपसी माझीसँगै इन्स्पेक्टर चिरञ्जीवी दाहाल पनि निलम्वनमा परेका छन् ।

इटहरीमा भएको बालिका बलात्कार प्रकारणलाई लुकाउन भूमिका खेलेको आरोप लागेपछि मंगलबार उनलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।
माझीसँगै प्रहरी निरीक्षक चिरञ्जीवी दाहाल पनि निलम्बनमा परेका छन् । सई भीमबहादुर खत्रीमाथि पनि छानविन सुरु भएको छ । उनले एसपी माझीको निर्देशनमा बालिका बलात्कारको घटनालाई लुकाउन भूमिका खेलेको आरोप लागेको छ । अहिले यो घटनामा छानविन भइरहेको छ ।
प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक मनोज नेउपानेले दुईजनालाई निलम्बन गर्नका लागि गृह मन्त्रालयलाई सिफारिस गरिएको अनलाइनखबरलाई बताए ।
उनले भने, ‘निलम्बन गर्नका लागि सिफारिस गरेका छौं । थप अनुसन्धान भइरहेको छ ।’
यसअघि १६ पुसमा अंग्रेजी नयाँ वर्ष मनाउन इटहरीको रोयल रिसोर्ट होटलमा गएकी १४ वर्षीय बालिका बलात्कृत भएकी थिइन् । उनी अहिले १० कक्षामा अध्ययन गरिरहेकी छिन् ।
पीडित बालिकाले धरानका जुकल लिम्बु र बिराटनगरका मनिष श्रेष्ठबाट आफू बलात्कृत भएको बयान दिएकी थिइन् ।
सोही आधारमा जुकल लिम्बु पक्राउ परिसकेका छन् भने अर्का एकजना अझै फरार छन् ।
सुनसरीका एसपी माझी उत्कृष्ट कार्यक्षमता प्रदर्शन गरेको भन्दै ६२ औं प्रहरी दिवसको अवसरमा सुनसरीबाट सम्मानित प्रहरी उपरीक्षक हुन् । तर, उनी मंगलबार निलम्बनमा परेका छन् । खोटाङबाट सुनसरी सरुवा भएको ४ महिनाको अवधिमै उत्कृष्ठ काम गरेको भन्दै माझी सम्मानित भएका थिए ।
फरार अभियुक्त पक्राउसँगै तस्करी र गुन्डागदी नियन्त्रण गर्नुका साथै भन्सार छलीका सामान बरामद लगायतका कार्यमा उत्कृष्ट क्षमता प्रदर्शन गरेको भन्दै यसअघि माझीलाई सम्मान गरिएको थियो ।

No comments:

Post a Comment