‘कविता उत्सव: ओलम्पिया पोयट्री स्ल्याम २०१७’ को लागि देशभरीबाट प्राप्त तीन सय पच्चीस कविताहरुमध्ये छनौट समितिबाट निम्नलिखित कविहरुको कवितालाइ उत्कृष्ट बाह्रको रुपमा छानिएको छ I छनौट भएका कविहरुले पौष १ गते (यहि शनिवार) ११ बजे पाँच जना निर्णायक र दर्शकको अगाडी अाेलम्पिया वर्ल्ड कलेज बबरमहलमा आफ्नो छनौट भएको कविता प्रस्तुत गर्नुहुनेछ I निर्णायकहरुद्वारा कवि र दर्शकको अगाडी प्रत्यक्ष रुपमा प्रदान गरिएको अंकबाट बाह्र मध्ये छ कविहरु अर्को चरणमा पुग्नुहुनेछ I अर्को चरणमा पुग्नुहुने कविहरुले पुन: आफ्नो नया एक कविता प्रस्तुत गर्नुहुनेछ I र पुनः निर्णायकहरुद्वारा कवि र दर्शकको अगाडी प्रत्यक्ष रुपमा प्रदान गरिएको अंकबाट छ मध्ये तीन जना कविहरु बिजेता घोषित हुनुहुनेछ I बिजेतालाइ प्रमाणपत्र सहित जनही रु दश हजार र एउटा स्मार्ट फोन प्रदान गरिनेछ I साथै,सबै प्रतिस्पर्धीलाई बिशेष पुरस्कार प्रदान गरिनेछ I
उत्कृष्ट १२ कविता र कवि
१. कबिर काफ्का – साहुजी
२. प्रकाशचन्द्र जिम्बा – कोद्याक एल्बमबाट
३. प्रकाश भण्डारी – आइते लुहार
४. प्रकाश भुसाल – म मर्न सकिन
५. प्रज्ज्वल अधिकारी- आशीर्वचन
६. मनोज मुस्किल – सिमाना
७. मनोज शंकर – खेत, बा र बाँध
८. निरज दाहाल – खडेरी
९. रिमा के.सी. – रात परेपछि
१०. समिप राज –बा
११. शुभाशिष पराजुली – क बाट कविता
१२. सुरज सोडारी – बन्दुक जलाएर बाको अन्त्येष्टि
- नवराज पराजुली
संयोजक
कविता उत्सव
ओलम्पिया वर्ल्ड स्कुल
बबरमहल
थप जानकारीको लागि हामीलाई हेर्दै गर्नुस.....
No comments:
Post a Comment