ओमप्रकाश गुप्ता
देउखुरी २६ मंसिर ।
देउखुरीमा गाई काटेको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । देउखुरीको राजपुर गाउँपालिका वडा नं. ७ बाट तीन जनालाई गाई काट्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख दुर्गा सिंहले जानकारी दिएकी छन् । पक्राउ परेका मध्ये तीन महिला र चार पुरुष भएको प्रहरीले जनाएको छ । गाई काटेर सुकुटी बनाउने र जरायोको सुकुटी भनेर विक्री गर्ने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । अस्थायी प्रहरी पोष्ट डगरामबाट असई गोविन्दबहादुर थापाको नेतृत्वमा खटिएको प्रहरीको टोलीले स्थानीय विरसिंह थापा सहित सात जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
थप जानकारीको लागि हामीलाई हेर्दै गर्नुस......
No comments:
Post a Comment