यसरि हरदिन अभावको बाढी आउने गर्छ/सुमन स्मारिका - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

यसरि हरदिन अभावको बाढी आउने गर्छ/सुमन स्मारिका

यसरि हरदिन अभावको बाढी आउने गर्छ/सुमन स्मारिका

Share This

गजल

हर आशा हर रहर -हरु बगाउने गर्छ
यसरि हरदिन अभावको बाढी आउने गर्छ
साकार रुप लिन सक्दै- सक्दैन जसले
त्यो झुठो सपनाले किन यति सताउने गर्छ
तिमी बुझ्न सक्दैनौं अहं कहिल्यै बुझ्न सक्दैनौ
मौनताको पीडामा सडक कति चिच्याउने गर्छ
मजबुरिमा बाच्न सिकिसके यी मान्छेहरुले
अब यो बस्ति पनि मजबुरी मनपराउने गर्छ
मलाई संसार जितेको महशुश हुन्छ
जब मेरा बुढा बाको चेहरा मुस्कुराउने गर्छ
त्यो कराइरहेको कोहि पागल कवि हुनुपर्छ
सद्दे मान्छे त्यसरी कहां कराउने गर्छ//

~ सुमन स्मारिका
कैलाली
2070/3/7

No comments:

Post a Comment