गाईघाट :
नेपाली कांग्रेस उदयपुरका उम्मेदवारलाई लक्षित गरी राखिएको बम विस्फोट हुँदा गाई र भैसी घाइते भएका
छन । प्रतिनिधिसभा निर्वचन क्षेत्र १ अन्तर्गत प्रदेससभा २ का कांग्रेसका उम्मेदवार हिमाल कार्कीको घर नजिकको गोठमा राखिएको बम विस्फोट हुँदा गाई र भैंसी घाइते भएका हुन् ।
त्रियुगा नगरपालिका-७ भान्टाबारीमा रहेको कार्कीको घरमा मंगलबार बिहान ३:२० बजे शक्तिशाली बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए । भट्टले घटनाको प्रकृति हेर्दा प्रेसर कुकर बम हुनसक्ने भन्दै थप अनुसन्धान भइरहेको बताए। गाईको कान र भैंसीको जिउभरी छर्राले लागेको तर उम्मेदवारको घरमा मानिसलाई भने केहि क्षति नपुगेको उनले बताए ।
कांग्रसका उम्मेदवार कार्कीले आफूलाई मार्ने योजनाकासाथ घरमै बम राख्न आएको र राति बुबा उठेको देखेपछि गोठमा फालेर भागेको हुनसक्ने दावी गरेका छन्।कार्कीले भने, ‘दिउँसो चौकतिर हिमाल कार्कीको घर कुन हो भन्दै अपरिचत दुई जना मान्छे गएका रहेछन्, स्थानीयले कार्यकर्ता कार्यकर्ता ठानी घर देखाईदिएछन्, लगत्तै एक महिला गएर बुबालाई सोधेर फर्किएछन्, सबै कुरा थाहा पाएपछि नियोजितरुपमा बम राखियो।’
यसअघि जिल्लाको पश्चिमी क्षेत्र उदयपुरगढी गाउँपालिका–७ नेपालटारबजारमा बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गरी फर्कदै गर्दा बम विस्फोट गराइएको थियो । प्रतिनिधिसभा क्षेत्रनं २ का वामगठबन्धनका उमेदवार शुरेस राई (हिमाल) र सोही क्षेत्रको प्रदेश १ का उम्मेदवार नारायण बुर्जा मगरलाई लक्षित गरी वम विस्फोट गराइएको थियो ।

साभार अन्पूर्ण पोस्ट