शिला कार्कीका 10 गज़लहरु - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

शिला कार्कीका 10 गज़लहरु

शिला कार्कीका 10 गज़लहरु

Share This

Image may contain: 1 person, smiling, standing and outdoor

1
उसैले चेत आधा झै गराई दिन्छ जैले नि
छछल्केरै परेली यी भिझाई दिन्छ जैले नि
गयो सम्बन्ध नै तोडी गलत्याएर माया जो
झझल्कोमा उही मात्रै रमाई दिन्छ जैले नि
बिगतका दिनहरूलाई छ भुल्ने चाहना मेरो
अतित आई नयन सागर बनाई दिन्छ जैले नि
बिदा गर्दा पठाएथेँ सबै उपहार पाएका
छुट्यो तस्बिर नयन भित्रै रुवाई दिन्छ जैले नि
तिमी मेरी हुँदै हैनौ भनी जसले गयो छोडी
उसैको यादले यो मन जलाई दिन्छ जैले नि

2
नजर बाट दिलमा बस्न इजाजत भैदियो
भएँ कैदी प्रितमको दिल हिरासत भैदियो
मिल्यो आभास स्वर्गैको भुलें सारा जगत
छुदाँ उनले दुखेको घाउ ह्राहत भैदियो
बढ्यो बाँच्ने रहर मनमा बढे चाहा धेरै
म बाँच्ने ओखती नै प्रेम मार्फत भैदियो
हजुरको आगमन ले बद्लियो जीवन मेरो
फुटेको जिन्दगी यो आज मर्मत भैदियो
छु मन्जुर सर्त जे जे छन् स्विकारें सब कुरा
हजुरको साथमा रम्ने त आदत भैदियो
3
छाडी नजाउ प्यारा आँखा रसाउनेछन्
एक्लै हुँदा नयनले सागर बगाउनेछन्
हाँस्नेछ दूनिया देखे हामी बिछोडिएको
हाम्रो बिछोडमा सब उत्सव मनाउनेछन्
जो सान्त्वना दिएझै गर्छन् बिपत्ति पर्दा
मौका हेरी तिनैले ताली बजाउनेछन्
आँफ्नो हुँदैन कोही स्वार्थी छ यो सहरनै
घाउ जहाँ भयो झन् नुनचुक लगाउनेछन्
मन जत्ति नै दुखे नि बाहिर हास्नुपर्छ
भो आँसु ती लुकाऊ देखे रुवाउनेछन्
4
खुसी छन् जेजति छन् अमन ठान्नु मेरो
भिजेका परेली चयन ठान्नु मेरो
मिल्यो लास माथि अबिर फूल माला
त्यही प्रेम निम्ति लगन ठान्नु मेरा
मरेकोछु ज्यूदै म तिम्रो निमित्त
पछ्यौरी चिनो यो कफन ठान्नु मेरो
तिमी प्यार गर्छौ भने अर्को जन्म
म तिम्रै हुनेछु वचन ठान्नु मेरो
5
झेली लाख बाधा बसें पर्खिएर
गयो कोहि मन यो रुवाईदिएर
उही भित्र देख्थें म संसार मेरो
दिदै चोट मनमा गयो टाढिएर
परें पाउ उसकै सँगालेर आशा
गयो बैगुनीले मुटु कुल्चिएर
बुझें बल्ल गल्ती गरेकी रहेछु
अटुट प्रेम गर्छौ भनी सम्झिएर
रुँदै रुन्न भन्थें भिजाई परेली
नयन बाट धारा खसे छल्किएर
6
चाह मनको तिमी आँफै बुझे हुन्थ्यो
मौन छन् ओठ यी आँखा पढे हुन्थ्यो
मेट्टिने थ्यो सहज मन भित्रको प्यास
प्रेम बर्षात समिप आई खसे हुन्थ्यो
सुम्पिऊँ झै भयो तनमन सँगै जीवन
लौन दिलको कुरा दिलले सुने हुन्थ्यो
अन्त मेरा नजर जाँदै गएनन खै
यी नजरका असर दिलमा पुगे हुन्थ्यो
फक्रिए कोपिला मनको बगान भित्र
लाग्छ माली तिमी स्वयं नै बने हुन्थ्यो

7
मुटु अर्पण गरी दिलमा अलग आसन दिएकै थें
स्वयंम् आँफै जली मैले उज्यालो पन दिएकै थें
नदी जस्तै थियो निष्छल र चोखो यो मेरो माँया
अमर माया अटल सागर सरी कञ्चन दिएकै थें
मुटुमा बास मागेथ्यौ सबै सुम्पें नसोची क्यै
नयन भित्रै बसाई सब मुटु धड्कन दिएकै थें
कमी केमा भयो ? टाढा भयौ सम्बन्ध नै तोडी
बिछ्याई दिल गरी स्वागत सबै तनमन दिएकै थें
पुजेथें देउता सम्झी यही गल्ती भयो किऽ खै ?
चढाई हर खुशी आफ्ना बली जीवन दिएकै थे

8
रुखी या त तिम्री तराना हुँदैछु
बुझ्या छैन केही दिवाना हुँदैछु
जुधेका थिए यी नयन फेरि आज
मधुर यो मिलनको बहाना हुँदैछु
नयाँ जिन्दगीकाे नयाँ भाग्य मेराे
तिमी लेख्न सक्छाै म पाना हुँदैछु
उता हुन्छ मोती खुशीमा झरेर
यता आँशु पानी र दाना हुँदैछु
फुल्याे काेपिला बेइमानी छ माली
म तिम्राे नजरकाे निशाना हुँदैछु
9
मन जसोरी नि यो समाल्नू छ
आँशुले याद सब पखाल्नू छ
चोट मीठा भए सखर जस्तै
दर्द पीडा कयौं अगाल्नू छ
भोलि हाँसेर नै बिदा दिम्ला
आज सब आँशु यी खसाल्नू छ
हिड्नि बाटो भरी सिसा फ्याँक्यौ
फूल सम्झेर पाउ चाल्नू छ
बिख नभा सर्प इख नभा मान्छे
छैन रे काम इख नि पाल्नु छ
10
हुने गर्छु शुन्यतामा सदैव एक्लै छु म
थिए याद पोखिएका कयौं समेट्दै छु म
म उस्तै छु बद्लिएछौ बरू समय झै तिमी
जहाँथें त्यही छु जस्तो थिएँ र त्यस्तै छु म
तिमी प्रेम दाँज्छु भन्छौ मुटु चुडी तौलिदै
भुली दोष आउ मनले नियाल बेग्लै छु म
न बिस्वास गर्छु झट्टै न गर्छु संका बढी
नमिल्दो रहेछ हाम्रो बिचार छुट्टै छु म