साधु भाइका १० गज़लहरु - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

साधु भाइका १० गज़लहरु

साधु भाइका १० गज़लहरु

Share This


नेपालि अनलाइन टिभी 

Image may contain: 1 person, closeup
१ 
मन निर्यात भएको पनि त तमाम भैसक्यो
रहर किन्ने बहानामा प्राण लिलाम भैसक्यो
खोक्रो मुटु एक छिन पनि छुटकारा पाउदैन
सिरा धमनीमा तिम्रै यादको लगाम भैसक्यो
चितामा जलेर खरानी हुन बाँकी छ अब
भनौ भने जिन्दगी पानी भैसक्यो घाम भैसक्यो
सुनैला सुनौला सपना मिठा मिठा आश देखाएर
गन्तव्यमै निराश बनाउनु समयको काम भैसक्यो
सम्पत्तिको नाममा नबेचिने अनुहार मात्रै बाकी छ
आगनको लालपुर्जामा पनि साहुको नाम भैसक्यो
२ 
छोडि जानेको हर्षमा रुन नसकेर
साधु बनेको हु सराबी हुन नसकेर
चट्याङ बनेर हिर्काउछ मुटु लाई
उस्को याद आँखा बाट चुन नसकेर
मुटु र चोला मध्य एक बदल्नु पर्ने भयो
मुटुमा कोरिएको तिम्रो नाम धुन नसकेर
तिमिले उपहारमा जुन माग्यौ दिन सकिन
हजारौं अभ्यास गर्दा पनि छुन नसकेर
३ 
आँखा भरी आँसु मुटु भरी याद हुन्छ
सायद यसरीनै पिरतीको सुरुवात हुन्छ
कति माया गर्छौ भनेर सवाल नगर्नु प्रीया
नत मायाको वजन हुन्छ नत आकार हुन्छ
यति सजिलै कसैलाई बिश्वास गर्नु हुदैन
यहाँ बाबू बलत्कारी दाजु दलाल हुन्छ
बगि रहने पानी दौडी रहने मन उस्तै हो
जस्को नत कुटि हुन्छ नत निवास हुन्छ
तर पनि सोध्ने हरुलाई ठिकै छ भन्ने गर्छु
हुनत हृदय भरी पीर व्याथा तमाम हुन्छ
४ 

यो समयले म संग सौतेनी ब्याबहार गर्छ
अभावले पनि गर्नु सम्म अत्याचार गर्छ
म टालि रहन्छु हृदयका अनगिन्ती घाउ हरु
तिम्रो यादले कोट्याउने काम लगातार गर्छ
मालि बिदाई भैसक्यो कहिलै नआउने गरेर
अब टुहुरा कोपिला हरुको कस्ले सम्मार गर्छ ?
जुन दिन गएकी थियौ फेरि आउछु भनेर
त्यहीँ दिन बाट दरिद्र मन तिम्रै इन्तजार गर्छ
प्रेम दिवसमा निराश भएर फर्किएका गुलाफ
तिहारमा आए भने साधुले पक्कै स्वीकार गर्छ
५
जिन्दगीको सहयात्री अख्तियार जस्तै लाग्छ
अनि माया प्रेमको जाल कारागार जस्तै लाग्छ
जुन दिन आधा मुलुक रेटियो सुघौली सन्धिमा
त्यहि दिन बाट कलम पनि तरबार जस्तै लाग्छ
खाइयो खेलियो बाल्यकाल त्यसैमा बिताईयो
मलाई मेरि आमाको छाती संसार जस्तै लाग्छ
यका बिहानै आगनमा काग कराउदा पनि
अचेल उसैले पठाएको समाचार जस्तै लाग्छ
कुन्नी खै के थियो तिम्रो जवाफ केही बुझिन
मलाई मौनता को मत्लब अस्वीकार जस्तै लाग्छ 
६

हिटलर हरु यहाँ सिंहासनमा भेटिन्छन्
बुद्ध हरु भित्ता र बिज्ञापनमा भेटिन्छन्
देशका हिमायती हरु खोज्दै जाने हो भने
कित खाडिमा कित आन्दोलनमा भेटिन्छन्
म हरु लाई बेच्ने हरु र यो मुलुक बेच्ने हरु
चुनाव आउँदा हाम्रै घर आगनमा भेटिन्छन्
भबिस्य खोज्दै पलायन भएर जान्छन् युवा
फलस्वरूप वृद्ध वृद्धा सदनमा भेटिन्छन्
बिर्सि दिउ भन्छु जस्लाई सदासदाका लागि
उसैका तस्वीर घरीघरी नयनमा भेटिन्छन्

७

दिइएन पीडितलाई राहत शहरका सम्राटहरुले
बरु दिईरहे सधै साथ छिमेकीका त्रिपालहरुले
प्रश्न गर्नेछन् तिमिलाई बा हराए कसरी भनेर
सरकार तिम्रो जवाफ कुरि रहेका अनाथहरुले
आँखामा मुहान सिरानीमा तलाउ बनाइ दिए
हरेक रात बिस्तारामै पुग्ने तीम्रा यादहरुले
घाउ माथी सियो बनेर चस्काइ रहन्छ्न अझै
तिम्रा सपना बोकेर आउने यी रातहरुले
हो यात्रा रोकिन सक्छ जीबन बाङ्गिन सक्छ
हेर्नुस् मित्र जवानीमा गरेका मजाकहरुले
८
हृदयमा सन्चो नहुने क्यान्सर भैदियो
रंगाउदै जादा जिन्दगी फोहर भैदियो
ऊ जस्तो थियो ठिकै थियो आफ्नो ठाउँमा
परिमार्जन गर्दागर्दै मुर्ति पनि पत्थर भैदियो
तिमी बोल्दैनौ त म किन बोल्नु यहीँ सोचेर
हाम्रो सम्बन्धमा आज ठूलो अन्तर भैदियो
म उसको काविल थिएन त्यसैले छोडेको हु
बुझ्नेले बुझ्न् नसक्दा मुद्दा भयंकर भैदियो
नत्र मेरो घर जलाएर आगो ताप्थ्यो होला ऊ
के गरोस् त बिचरा छेउमा उसैको घर भैदियो
९
यस्तो प्रमाण भेटियो देशको पोस्टमार्टम बाट
टिष्टा काँकडा रेटिएका रहेछन् कलम बाट
बाउ बाजेले हलो जोतेरै सरकार पाल्नुभो
हामिले पाल्नु छ अब खाडिको रकम बाट
छोराले सब थोकमा नाका बन्दी लगाए पनि
आमाले पठाइन बाडुल्की बृद्धा आश्रम बाट
दिन प्रती दिन यसरिनै सिमाना कुल्चिने हो भने
मेटिनेछ नेपालको नक्सा छिमेकीको कदम बाट
तिमि आयौ र त्यहीँ ठाउमा कोट्याएर हिड्यौ
म तड्पी रहेको बेला पुरानो जखम बाट

अरे कहिले बढी कहिले कम चली रहन्छ
दिलमा सपनाको हुरि हरदम चली रहन्छ
रहरका लास सँगसँगै मुटु खरानी नभए सम्म
निष्ठुरीका याद हरु आउने क्रम चली रहन्छ
बिश्वास कसम र बन्धन टुटाउने बेलामा भन्यौ
प्यारको सिलसिलामा यस्तो नियम चली रहन्छ
अनुहार बेचेर जवानी बेचेर रहर किन्ने हरुको
हेर्नुछ कतिन्जेल यसरी रमझम चली रहन्छ
तिमी अर्कैकि म अर्कैको भएर बाच्नु परे पनि
चोखो प्रेमको कहानी जनम जनम चली रहन्छ
"साधु भाइ"डोटी
हाल मुम्बई