शहर र सपना /कविता /कृष्ण खड्का (युनिक) - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

शहर र सपना /कविता /कृष्ण खड्का (युनिक)

शहर र सपना /कविता /कृष्ण खड्का (युनिक)

Share This

आजै रहरको गाडी
सपनाको शहरमा भर्खर रोकिएको छ
र एक ज़ोर खुट्टा अवतरण गर्दैछन् 
अभावको खाल्टोमा जीवनमा केहीथान दु:खका श्रृंखला थप्न।
संगै यादहरुको बाढीले
मनलाई आँगन छेउ मृत उतारेको छ,
शरीर माघे जाडोमा सडकछेउ कठ्यांग्रिएर उभिएको सालिक जस्तै निशब्द र वचनहीन् बनेको छ
बिचारहरु खुल्ला आवतजावत गर्दैछन मथिंगलमा खुल्लामंचमा आउने बेरोजगार जस्तै पलभरको पाहुँनाझै ,
हृदय रत्नपार्क जस्तै भएको छ
जो संबेदनाबिहीन भएर हरदीन
कुरीरहन्छ पसीना किन्ने ग्राहक र
साँझ निराश हुँदै सडकमा बसेर कल्पिरहन्छ सडकजस्तै गन्जागोल गन्तव्यको यात्रा ।
ओठ मुहानको चिसो पानी सम्झीन्छ
मस्तिष्क सपनाको हरीयो फाँट देखाउँछ
जीन्दगी चिडीयाघरको बाघ जस्तै कैद छ स्वतन्त्रताभित्र
आँखा निदाउन चाहान्छ
कान अलपत्र रहरहरुको चित्कार सुनाईदीन्छ
पैताला माटोको सुगन्ध लिन चाहान्छन्
पेट भोकको गति बढाईदीन्छ
हातहरु कलम समाउछन्
समय तेर्याउछ कन्चटमा हतियार र हतियार थमाउँछ हातमा
कैलेकाही लाग्छ
भाग्य भनेको निधार हो जहाँ पसीना र चाउरीपन मात्र छ,
र कैलेकाही लाग्छ भाग्य भनेको हात हो
जहाँ ठेला र झमेलाहरु मात्र हुन्छन्
यो भिडभाड शहर र
उल्झनको समयमा सोच्ने समयनै नपुगेर
एक थान जीन्दगी गाडीमा कोचिदैछ आज
झोलाभरी रहर कोचेर ।

युनिक

No comments:

Post a Comment