"काल्पनिक प्रेम !" कथा राम अविरल बिस्ट - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

"काल्पनिक प्रेम !"  कथा राम अविरल बिस्ट

"काल्पनिक प्रेम !" कथा राम अविरल बिस्ट

Share This
कल्पना नै सहि तिम्ले मेरो प्रस्ताब स्विकार्यौ। तिमीलाई मैले मेरो गर्ल फेन्र्ड भनेर साथिहरुलाई चिनाएं । साथिहरुले जोडी खुब मिलेको छ भने। हामी दुबै मख्ख पर्यौँ

...
तिमीले सबेरै फोन गर्यौ मलाई र भन्यौ," वई उल्लु अझैसम्म सुति रहको।" मैले आखा मिच्दै बोले,"उठेर गर्नु नै के पो छ र ।" आज शनिबार होईन? हो त ।फिल्म हेर्न जुम न पद्मावति लागि रा छ।लल.....म आउछु ।
.....
सिटि सेन्टरको लिफ्टमा हामी पद्मावतिको बारेमा कुरा गर्दै झर्यौँ। ग्राउन्ड फ्लोर आई सके पछि मलाई चुरोटको तलतल लाग्यो। मैले नजिकैको क्याफेमा जाने कुरा गरेँ। तिमीले हतार भएको कुरा गर्यौ। मैले खुब जिद्दि गरे पछि तिमीले मान्यौ। हामी कार्कि बा को चिया पसलमा पस्यौँ। मैले चिया मगाएँ र तिमीले चिउमिन। मलाई चुरोटको तलतलले मर्नु भयो। गोजिमा भएको चुरोट समाई रहेँ। एक चोटि त सल्काई दिउ जस्तो पनि लाग्यो फेरि तिमीलाई प्रपोज गर्ने बेला चुरोट खादिन भनेर गरेको बाचा सम्झिएँ। चियाको गिलास रितियो। तिमीले फेरि हतार भएको कुरा दोहोर्यायौ। हामी बिल तिरेर त्यहाबाट निस्कियौ।
........
त्यसपछिका दिनहरु यसरि बिते कि मानौ,केहि भएकै छैन। कलेज बङ्क गर्नु! सरहरुबाट गालि खानु।‌ फिल्म हर्न जानु हाम्रो दैनिक बन्यो। हामी हाम्रो परिबेशबाट बेखबर बन्यौँ।‌
हामी अर्कै सँसारमा पुगेको कल्पना गर्न थाल्यौ। जहा तिमी, म र हाम्रो घर मात्रै छ। बाटोभरि छन हरिया गुलाफहरु। चुडेर एउटा फुल मैले तिम्रो पहेँलो कपालमा सिउरि दिएँ। मानौ हाम्रै लागी भनेर फुलेका हुन ति फुलहरु! हामी हिडिरह्यौ ,उकाली ओरालीहरुमा। तिमीलाई थकाई लाग्दा मैले बोकेर लैजाने कुरा गरेँ। तिमीले आफू तेति कमजोर नभएको दाबि गर्यौ। 
हामी पहाडको टुप्पोमा चढ्यौ र चिच्यायौ "Now We Are Free" हिडिरहेको सुर्य टक्क रोकियो र भन्यो,"Be always happy" हामीले बदलामा मुस्कान फर्कायौँ। उताउलो बतासले तिमीलाई किस गरेर भाग्यो। तिमी लजायौ।‌ उडिरहेको बादलले भन्यो,"तिमी लजाउदा सुन्दर देखिन्छ्यौ"। हामीले सबैलाई ignore गर्यौ र नियाल्न थाल्यौ त्यो अस्तब्यस्त सहर ।
जहा प्रेम चटपटेको भाउमा बिक्रि गरिन्छ।
जहा प्रेम शिर उठाएर हिड्न समेत पाउदैन।
जहा प्रेम सडकमा नाड:गो जीउ देखाएर भिक माग्छ।
जहा प्रेम रोगी आमाको उपचारको लागी किड्नि बेच्दै हिड्छ।
हामीले त्यो सहरलाई गिद्दहरुको सहर भन्यौ र त्यहा कहिल्यै नफर्किने बाचा गर्यौ।
"आकासमा उडिरहेका चराहरु जस्तै स्वतन्त्र छौ तिमी ,स्वतन्त्र छु म। हामी प्रेमको खोजीमा हिडेका बटुवा हौँ। हामी यहि बनाउने छौ नया सँसार हामी यहि बनाउने छौ प्रेमालय। हाम्रो केहि सम्बन्ध छैन अब त्यो दुनियासँग" तिमीले समर्थनमा टाउको हल्लायौ। मैले तिमीलाई झन कसिलो गरि अँगालो मारेँ। पानी झन जोडले बर्सिन थाल्यो । मानौ कि पानीले पनि हाम्रो समर्थन गर्दै छ।‌ तिम्रा केशहरुबाट बगीरहेको पानी मेरो छातिभरि पोखियो। मैले झन कसिलो गरि तिमीलाई अँगालो मारेँ। तिमीले बाबा मम्मीलाई खुब मिस गरिरहेको कुरा गर्यौ। मैले भने कार्कि बा को चिया पसल र चुरोटलाई खुब मिस गरिरहेको थिएँ!
.........
समय हिडिरह्यो । हामी हिडिरह्यौ। परिबेश बद्लिदै गयो। हामी बद्लिदै गयौँ। हामीले खुलेयाम प्रेम साटेका ठाउहरु बिर्सिदै गयौँ। तलाउमा खुट्टा डुबाएर दिन भरि गर्नु पर्ने कुराहरु सकिदै जान थाले। प्रेमिल रातहरु ,बातबिहिन बन्दै गए। हामी पानीमा खुलेयाम भिज्न छाड्यौ। हामी पहाडको टुप्पोमा पुग्न छाड्यौ। हामी समुन्द्रको किनारमा पुगेर एक अर्काको नाम लेख्न छाड्यौ। कहिले काही थकाई लाग्दा तिमी मेरो काखमा नादाउन बिर्सियौ। कहिले काही मैले तिम्रो कपाल सुमसुम्याउन बिर्सिएँ। तैपनि हामी ओठमा गुलाफ फुलाउने प्रयत्न भने गरि रह्यौ। एक अर्काको खुशिको लागि आफ्ना रहरहरु मारि रह्यौ! हामीले बिस्तारै बुझ्न थाल्यौ। समाजको महत्व,
दुश्मनको महत्व,
आफ्नाहरुको महत्व ,
देशको महत्व।
हामी हरेक दिन एक्लो भएको महशुस गर्न थाल्यौँ। हाम्रो प्रेमको आयु छोट्टिदै गईरहेको महशुस गर्न थाल्यौँ ! हामीले प्रेम बाच्नको लागी पनि समाज अनिबार्य भएको सत्य बुझ्यौँ! हामीले बाँकि रहेको जीन्दगी, एक अर्काको सम्झना बोकेर एक्ला- एक्लै बिताउने निर्णय गर्यौँ! बाँकि रहेको प्रेम बराबर हुने गरि बिभाजन गर्यौँ र सदा - सदाको लागि छुट्टियौँ!

No comments:

Post a Comment