पाकिस्तानी प्रधानमन्त्रीलाई ‘गार्ड अफ अनर’ (फोटो फिचर) - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

पाकिस्तानी प्रधानमन्त्रीलाई ‘गार्ड अफ अनर’ (फोटो फिचर)

पाकिस्तानी प्रधानमन्त्रीलाई ‘गार्ड अफ अनर’ (फोटो फिचर)

Share This

अशोक दुलाल
सोमवार, फागुन २१, २०७४
काठमार्डौ : दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासीलाई सरकारले सैनिक मञ्च टुँडिखेलमा सलामी ‘गार्ड अफ अनर’ ले सम्मान गरेको छ। अब्बासीलाई नेपाली सेनाले गार्ड अफ अनरको सम्मान दिएको हो। अब्बासी टुँडिखेलमा गार्ड अफ अनरले सम्मानित हुने पहिलो विदेशी सरकार प्रमुख हुन्।
त्यसअघि त्रिभुवन विमानस्थलमा गार्ड अफ अनरले सम्मान गर्ने प्रचलन रहेको थियो।प्रधानमन्त्री केपी शर्मा ओलीले टुँडिखेलमा विदेशी सरकार प्रमुखलाई गार्ड अफ अनरले सम्मान गर्ने प्रचलन सुरु गरेका छन्।
ओलीले अब्बासीलाई टुँडिखेलमा स्वागत पनि गरेका छन्। प्रधानमन्त्री अब्बासीलाई सोमबार विमानस्थलमा अर्थमन्त्री डा. युवराज खतिवडाले स्वागत गरेका थिए। आजै प्रधानमन्त्री ओलीले अब्बासीलाई रात्रिभोज दिनेछ।ओली र अब्बासी बीच दुई पक्षीय वार्ता हुनेछ ।
मंगलबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पाकिस्तानी प्रधानमन्त्री अब्बासी बीच भेटवार्ता हुने छ । अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटपछि अब्बासी स्वदेश फर्किनेछन् । पाकिस्तानका प्रधानमन्त्री अब्बासी ओली प्रधानमन्त्री भएपछि आएका पहिलो विदेशी सरकार प्रमुख हुन् ।
टुँडिखेलमा पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई गार्ड अफ अनरले सम्मान गरिदै ।तस्बिर : अशोक दुलाल

No comments:

Post a Comment