बन्दको हल्ला फैलाउने रञ्जित गुरुङ पक्राउ - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

बन्दको हल्ला फैलाउने  रञ्जित गुरुङ पक्राउ

बन्दको हल्ला फैलाउने रञ्जित गुरुङ पक्राउ

Share This
काठमाडौँ — आफूलाई पूर्व जनमुक्ति सेना भन्ने रञ्जित गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङलाई काठमाडौं प्रहरी परिसरबाट खटिएका प्रहरीले काठमाडौंको न्युरोडबाट बिहीबार दिउँसो पक्राउ गरेको हो ।

परिसर प्रमुख एसएसपी विश्वरराज पोखरेलका अनुसार उनलाई सोसल मिडियामा 'फागुन २५ र २६ गते नेपाल बन्द' भन्दै आतंक फैलाएको आरोपमा पक्राउ गरिएको हो।

उनलाई परिसर टेकुमा राखिएको छ। पोखरेलले भने, 'विभिन्न सोसल मिडियामा शुक्रबार र शनिबार नेपाल बन्द भनेर आम मानिसलाई आतंक फैलाएका छन्। त्यसैले हामीले उनलाई पक्राउ गरेका हौं। उनको बारेमा थप अनुसन्धान गरिरहेका छौं।'

गुरुङ समूहले ४ बूँदे माग राखेर दुई दिन नेपाल बन्द भन्दै सोसल मिडियामा प्रचारबाजी गरेको थियो।

No comments:

Post a Comment