अब गरिब हुँदैमा बिरामी भएर मर्नु पर्दैन कारण अति गरिबलाई १० हजारको नि:शुल्क स्वास्थ्य बिमा हुँदै, ओली सरकारले ल्यायो बिल्कुलै नयाँ फर्मुला
काठमाडौँ — सरकारले करिब १० हजार ‘अति गरिब’ व्यक्तिको नि:शुल्क स्वास्थ्य बिमा गरिदिएको छ । नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउने उद्देश्यले सुरु गरिएको राष्ट्रिय बिमा नीतिअनुसार उनीहरूको बिमा सरकारले गरिदिएको हो । स्वास्थ्य बिमा बोर्डका अनुसार सरकारले उपलब्ध गराएको परिचय खुल्ने सूचीका आधारमा ५० हजार रुपैयाँ बराबरको बिमा गरिएको हो ।
अछाम, बागलुङ, तनहुँ, गोरखा, रोल्पा, जाजरकोट, बर्दिया, खोटाङ, भोजपुर, रामेछाप र सिन्धुलीमा अति गरिबको नाम सूचीका आधारमा बिमा गराइएको बोर्डका कार्यकारी निर्देशक डा.गुणराज लोहनीले बताए ।
‘अहिलेसम्म २८ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भइसकेको छ, यसै आर्थिक वर्षभित्र ४० जिल्लामा पुर्याउने लक्ष्य छ,’ लोहनीले भने । उनका अनुसार आगामी आर्थिक वर्ष २०७५/७६ मा ७७ वटै जिल्लामा यो सुविधा उपलब्ध हुनेछ ।
अहिलेसम्म ५ लाख ९० हजारले स्वास्थ्य बिमा गरिसकेका छन् । निर्देशक लोहनीका अनुसार अति गरिबलाई सरकारले उपलब्ध गराएको परिचयपत्रका आधारमा योगदान (प्रिमियम) रकममा शतप्रतिशत छुटको व्यवस्था गरिएको छ ।
त्यस्तै गरिबले ७५ र सीमान्तकृत गरिबले ५० प्रतिशत योगदान रकममा छुट पाउने छन् । ‘स्वास्थ्य बिमा कार्यक्रममा सहभागी परिवारका सबै सदस्यले छुट्टाछुट्टै परिचयपत्र पाउँछन्,’ उनले भने, ‘प्रत्येक सदस्यले सेवा लिन जाँदा आफ्नो परिचयपत्र अनिवार्य लिएर जानुपर्ने छ ।’ १ देखि ५ जनासम्मको बिमा शुल्क २ हजार ५ सय लाग्ने छ । यसको अवधि एक वर्षको हुनेछ ।
विमितले सरकारी अस्पतालमा अन्तरंग, शल्यक्रिया, बहिरंग, प्रयोगशाला र औषधिमा बिमा रकम बराबरको स्वास्थ्य सेवा उपभोग गर्न पाउने छन् ।
कार्यकारी निर्देशक लोहनीका अनुसार सरकारी अस्पतालमा नभएका सेवा नजिकका निजी स्वास्थ्य संस्थासँग सम्झौता गरेर उपलब्ध गराइने छ । यसको सुरुवात आर्थिक वर्ष ०७२/७३ मा कैलाली, बागलुङ र इलामबाट भएको हो ।
यो पनि पढ्नुहोस् :
भक्तपुर — इँटाभट्टाको झ्याउली (छाप्रो) मा बस्ने सुस्त:मनस्थितिकी बालिकालाई बलात्कार गरेको अभियोगमा एक व्यक्ति पक्राउ परे । त्यसको चार दिनपछि उनै बालिकालाई बलात्कार गरेको अभियोगमा अर्का व्यक्ति पक्राउ परेका छन् । दुवै व्यक्तिलाई पक्राउ गरेको प्रहरी कार्यालय भन्छ– ‘इँटाभट्टामा बालिका असुरक्षित हुने घटना बढेका छन् ।’
चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित अग्नि इँटाभट्टामा काम गर्ने आमा र भाइ–बहिनीले ती बालिकालाई दिउँसो एक्लै छाप्रोमा छाड्थे । फागुन १४ गते दिउँसो साढे २ बजे इँटा बोकेर थाकेकी उनकी बहिनी पानीखान छाप्रामा छिरिन् । त्यहाँ दिदीलाई देखिनन् ।
आफ्नो शरीरको समेत ख्याल राख्न नसक्ने दिदीलाई नदेखेपछि उनले वरिपरि खोजिन् । त्यही क्रममा पल्लो छाप्रामा दाङ राजपुर गाउँपालिका १ कटबिराका वसन्त नेपालीले बलात्कार गरिरहेको देखिन्् ।
उनी आत्तिइन् । हल्लाखल्ला गरिन् । इँटाभट्टामा कार्यरत मजदुरहरूको सहयोगमा महानगरीय प्रहरी वृत्त थिमिले वसन्तलाई पक्राउ गर्यो । प्रहरीका अनुसार उनीमाथि कानुनी प्रक्रिया सुरुगरिएको छ ।
थिमि वृत्तका प्रमुख डीएसपी प्रज्वल महर्जनका अनुसार बलात्कृत बालिकाको स्वास्थ्य
परीक्षणपछि आमाको जिम्मा लगाई छाप्रामै पठाइयो । फेरि उनलाई छाप्रामै छाडेर सबैजना काममा गए । फागुन १८ गते बिहान १० बजे कोही नभएको अवस्थामा सल्यान कालिमाटी रामपुर गाउँपालिका २ सेतीखोला घर भई सोही इँटाभट्टामा कार्यरत ४२ वर्षीय लालबहादुर विकले भित्रै गएर बलात्कार गरिरहेको छिमेकीले देखे ।
त्यही आधारमा लालबहादुरलाई थिमि वृत्तले पक्राउ गरेको छ । उनीमाथि पनि कानुनी कारबाहीको प्रक्रिया सुरु भएको छ । दुवै घटनाको चिकित्सकीय रिपोर्ट भनेआएको छैन ।
दुई महिनायता ती बालिकाका आमा, भाइ र बहिनी इँटा बोक्ने काम गर्दै आएका छन् । दस वर्षअघि वैदेशिक रोजगारमा गएका बुबा बेपत्ता छन् । ‘कमजोर अवस्था सुधार्न १० वर्षअघि विदेश गएका श्रीमान् अझै फर्केका छैनन्,’ उनकी आमाले भनिन्, ‘यही सन्तानका लागि इँटा बोक्न बाध्य भएँ, अहिले यो हालत भयो ।’
सल्यान घर भएकी उनले सुस्त:मनस्थितिकी छोरीलाई स्याहार गर्ने कोही नभएकाले सँगै ल्याएकी हुन् । ‘७/७ कक्षा पढ्दै गरेका छोराछोरीलाई पनि पढाइ छुटाएर मजदुरी गराउनुपर्यो’, उनले भनिन् ।
वसन्तलाई प्रहरीले पक्राउ गरेपछि उनका आफन्तले उजुरी फिर्ता लिन धम्की दिइरहेको उनले जानकारी दिइन् । ‘बिहान/साँझ झगडा गर्न आउँछन्, मिल्नुपर्यो भन्दै धम्की दिन्छन्,’ उनले भनिन् ।
सुस्त:मनस्थितिकी बालिका आफूमाथि भएको अपराध बोध गर्न सक्दिनन् । ‘हाम्रो पक्षमा बोल्ने कोही छैन, आफन्तहरू पनि कोही छैनन्,’ आमाले भनिन्, ‘जसले बदमासी गर्यो, उसैले धम्की दिइरहेको छ ।’
प्रहरीले भने सहयोगीबिना शरीरको ख्याल गर्न नसक्ने सुस्त:मनस्थितिकी बालिकालाई कुनै संघसंस्थाले संरक्षण गर्न अस्वीकार गरिरहेको बतायो । सातामा दुईपल्ट बलात्कृत बालिकाको सुरक्षामै चुनौती रहेको डीएसपी महर्जनले बताए ।
‘उनको संरक्षणका लागि महिला तथा बालबालिका कार्यालय भक्तपुरमा पत्राचार गरेका छौं,’ उनले भने, ‘अभिभावकै जिम्मा लगाउँदा फेरि घटना हुने डर छ । प्रहरी कार्यालयमा राख्ने व्यवस्था पनि छैन ।’
महिला तथा बालबालिका कार्यालय भक्तपुरका प्रमुख नीलाकुमारी घिमिरेका अनुसार ती बालिका सहयोगीबिना बस्न नसक्ने भएकाले कुनै संघसंस्थामा संरक्षण गर्न नसकिएको हो । ‘एबीसी नेपाल’ नामक संस्थामा पुर्याएर पनि राख्न सक्ने अवस्था नभएपछि फिर्ता गर्न बाध्य भएको उनले बताइन् ।
यो पनि पढ्नुहोस् :
काठमाडौँ -मुलुकमा नयाँ संविधान जारी भई प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजदेखि शुरु हँुदैछ ।
नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज अपराह्न ४ बजे एकै समयमा शुरु हुने संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए । प्रतिनिधिसभाको मंसिर १० र २१ तथा राष्ट्रियसभा सदस्यको माघ २४ गते निर्वाचन भएको थियो ।
नेपालको संविधानले प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक व्यवस्था गरेको छ । प्रतिनिधिसभा तल्लो र राष्ट्रियसभा माथिल्लो सदनका रूपमा रहेको छ । संघीय संसद्को मुख्य जिम्मेवारी कानून निर्माण गर्नु हो ।
प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ११० जना गरी २७५ सदस्यीय रहने छ । राष्ट्रियसभा भने प्रत्येक प्रदेशबाट आठ जनाका दरले निर्वाचित ५६ तथा सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनयन तीन गरी ५९ सदस्यीय रहने संवैधानिक व्यवस्था छ ।
पहिलो अधिवेशनका क्रममा सदन प्रारम्भ भएको १५ दिनभित्र सभामुख, उपसभामुख तथा राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्न राजनीतिक दलको सहमतिमा प्रस्ताव तयार गरिसकेको छ ।
दुई दलको समर्थनमा केपी ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएकाले नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार यही फागुन २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिनुहुने कार्यक्रमसमेत तय भएको छ ।
No comments:
Post a Comment