क्रान्तिकारीको दिमागमा
बम बारुदको अावश्यकता महशुस भए सलाइको बट्टा नै काफी
निर्दोष महता जय/ धनगढी
नेपालमा नेपाल कम्युनिस्ट
पार्टी माअोवादीले देश र जनताको हक र अधिकारका लागि १० वर्षे सशस्त्र
द्वन्द्व र १९ दिने जनअान्दोलन गर्यो जसको
नेतृत्व प्रचण्डले गरेका थिए । देशले ठूलो जनधनको क्षति बेहोर्नु पर्यो फलस्वरूप
२०६३ सालमा तत्कालीन सरकारसँग शान्ति प्रक्रिया अगाडि बढाइ अान्दोलनरत दल नेकपा
माअोवादी सरकारमा गयो तर त्यसभित्र पनि बिबाद देखियो केही कार्यकर्ताहरुले
पार्टीको उद्देश्य र योजना पूरा नभएको भन्दै यश अघि नै पार्टीबाट बाहिरीएका थिए ।
नेकपा माअोवादी सरकारमा गएपछि अाफ्नो पार्टीको उद्देश्य पूरा नभएको र पार्टीको
उद्देश्य प्राप्त गर्नका लागि २०६२ फागुन २ गते दाङबाट माअोवादी कम्युनिष्ट
केन्द्र नेपाल नाम राखि देवेन्द्र सिंह महताको नेतृत्वमा नया विद्रोह सुरु गरे ।
मा क के नेपालका मुख्य एजेन्डा मध्ये वार्षिक २ लाख ४० हजार भन्दा कम अाय हुने र
२० लाखभन्दा कम चलअचल सम्पत्ति हुने नेपाली जनतालाई गरिब घोषणा गरि पुर्ण निशुल्क
सबै खालका सेवा सुविधा उपलब्धका साथै हरेक
सरकारी निकायमा र राज्यका हरेक अंग र तहमा ५० प्रतिशत गरिबी अारक्षणको माग गर्दै
सरकार सँग लडाइ रहेको कुरा पार्टीका अध्यक्ष महताले बताउनु भयो ।
उहाँले भन्नू भयो २०६२
देखि २०६९ सम्म सशस्त्र संघर्ष गरेको माअोवादी कम्यूनिष्ट केन्द नेपालले २०६९
कार्तिक २ गते तत्कालीन शान्ति तथा पुर्ननिर्माण मन्त्री टोपबहादुर राईमाझीसँग
पहिलो शान्ति वार्ता गर्यो ।

पहिलो वार्ताले खासै
टुंगो लगाउन नसकेपछि दोस्रो वार्ता २०७१ भदौ ८ गते अानन्द ढुङ्गानाको अध्यक्षतामा
गठित समितिसँग नेपालगन्जमा सम्पन्न भयो । देशको अवस्थालाई मध्यनजर गर्दै सर्वहारा
वर्गका लागि लागिरहे त्यसपछि २०७१ कार्तिक ३१ गते पार्टीले अब शान्तिपूर्ण ढंगले
अान्दोलन गर्ने भन्दै अाफुसँग भएका हातहतियार हेटौंडामा सरकारलाई बुझाएको
थियो । सरकारसँग अाफ्ना माग सम्बोधन गर्न
र अाफु पनि देशको विकास निर्माण सहभागी हुनेगरि वातावरण सिर्जना गर्न सरकारसँगको
शान्ति प्रक्रियाले निरन्तरता पाउने क्रममा पार्टीकै विद्यार्थी संगठनका केही
कार्यकर्ताहरु राजधानीका केही निजि विद्यालयहरुमा बम विस्फोट गराएई दिए पछि शान्ति
प्रक्रियाको काम रोकियो ।
त्यसपछि फेरिज सरकारले
वार्ताका लागि अाह्वान गरेपछि सम्माननीय प्रधानमन्त्री तथा मानवीय शान्ति तथा
पुनर्निर्माण मन्त्रालय स्तरको २०७४ माघ २१ को निर्णय अनुसार मा क के नेपालका
अध्यक्ष देवेन्द्र सिंह महतासँग वार्ता गर्ने महान्यायाधिवक्ताको कार्यालयका नायब
महान्यायाधिवक्ता बद्री प्रसाद गौतमको संयोजकत्वमा गठित वार्ता टोलीसँग २०७४ माघ २१ गते भएको निर्णय अनुसार नै फागुन ३
गते वार्ता सम्पन्न भएको छ । वार्तामा
दुबै पक्षका बिचमा ५ बुँदे सहमति सहित हस्ताक्षर गरिएको छ । वार्तामा संविधान स्वीकार गर्दै राजनैतिक
मुलधारमा समावेश भई शान्तिपूर्ण राजनैनिक गतिविधि गर्ने , अान्दोलनका बेला
पार्टीका कार्यकर्ताहरुलाई लागेका मुद्दाहरुको अवस्था हेरि प्रक्रिया पुर्याइ
फिर्ता अथवा सजाय माफी मिनाहाको कार्यान्वयन गर्ने , सहिद घोषणा ,घाइतेको उपचार तथा क्षतिपूर्तिका माग सम्बन्धमा
नेपाल सरकारबाट उपयुक्त देखिएको निर्णय गरि
सम्बोधन गर्ने , यश पुर्वका
सहमतिको पालना गर्ने , लगायतका
बुँदाहरुमा सहमति भएको छ । छ
" माअोवादी
कम्युनिस्ट केन्द्र नेपालकी प्रवक्ता तथा कोषाध्यक्ष जानू श्रेेष्ठले बडो जोस
जागरका साथ अाफुलाई बलियो ठान्दै भनिन् सरकारले यो नसोचोस् कि हाम्रो पार्टीले
सम्पुर्ण हतियार बुझाइ सकेको छ अब जति हेपे पनि हुन्छ भनेर तर सरकारलाई हेक्का
रहोस् यदि क्रान्तिकारीको दिमागलाई बम र बारुदको अावश्यकता महशुस भए एउटा किराना
पसलमा पाउने सलाइको बट्टा नै काफी हुनेछ।

No comments:
Post a Comment