नाचौ गाऔं र लोक संगीतको संरक्षण तथा सम्बर्दन गरौ भन्ने मूल नाराको साथ सुरु गरिएको उक्त लोकदोहोरी कार्यक्रममा बिभिन्न ग्रुपको लोक दोहोरि घम्सा घम्सी चलेको थियो बरिसठ लोक दोहोरि सर्जक तथा गायक बिष्णु खत्रीबाट हिजो अर्थात फाल्गुन ५ गते समुद्घाटन भएको उक्त कार्यक्रमको दोस्रो दिनपनि बरिस् ठ तथा ख्याती प्राप्त रास्ट्रीय कलाकारहरु कुलेंद्र बिस्वकर्मा, प्रकाश कटुवाल, फुलमायाँ के सी पार्वती जी सी सज्जन बोहोरा जिबन परियार लगायत अन्य बिसिस्ट कलाकारहरुको पनि उपस्थिति रहेको थियो साथै कलाकारहरुले आफ्नो प्रस्तुति राख्नुभएको थियो |
कार्यक्रम युवा ब्यबसायी तथा संचारकर्मी सुन्दर कुमार पुन को संयोजकत्वमा भएको थियो,
अब भोलि अर्थात फाल्गुन ७ गते को कार्यक्रममा
अर्जुन सुनाम, रिता के सी, शिबराज गौतम, प्रकाश सपुत जादुगर नमराज पराजुलीको जादु साथै हास्यव्यङ्ग र बिभिन्न नृत्य पनि रहने छ भने प्रतिस्पर्धी हरुको घम्सा घम्सी जारिनै रहनेछ |
No comments:
Post a Comment