मोडल एवम् निर्देशक नारायण ढकाल अभिनित बङ्गलादेशी गीतको भिडियो सार्वजनिक भएको छ । भ्यालेन्टाइन डेको छेको पारेर गीतलाई सार्वजनिक गरिएको हो ।
बङ्गलादेशबाट नेपाली मोडल र नेपाली पर्यटकीय क्षेत्रलाई कैद गरेर निर्माण गरिएको म्युजिक भिडियो ‘तोमर आकाश’ मा नारायण ढकालको साथमा बङ्गलादेशकै मोडल तान्जिन तिसाले अभिनय गरेकी छन् । भिडियोलाई बङ्गलादेशकै निर्देशक तनिम रहमान आङ्शुले निर्देशन गरेका हुन् ।
बङ्गलादेशी गायिका सुस्मिता अनिशको स्वरमा रहेको तमोर आकाशलाई सोहेल अर्मनले लेखेका हुन् । सङ्गीत निर्देशक अदितको सङ्गीत रहेको यस गीतको भिडियोलाई अर्फूज्जामनले छायाँकन गरेका हुन् भने वाम्मी रहमानले सम्पादन गरेका छन् । गीतको भिडियो र कलाकार छनौटका लागि नेपालबाट चित्रकार एवम् गायक ज्योतिप्रकाशले संयोजन गरेका थिए ।
No comments:
Post a Comment