अनमोलको ‘कृ’ले ६ दिनमा कति कमायो ? - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

 अनमोलको ‘कृ’ले ६ दिनमा कति कमायो ?

अनमोलको ‘कृ’ले ६ दिनमा कति कमायो ?

Share This
काठमाडौँ ३ फागुन ।करिब दुई वर्षपछि नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । सुरुवाती दिन सुखद ओपनिङ गरेको ‘कृ’को छैठौं दिनमा पनि अधिकांश हलहरू हाउसफुल रहेको छ ।

समिक्षक र दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको ‘कृ’ले दुई दिनमा करिब २ करोड बढीको कमाई गरेको छ । प्राप्त रिपोर्ट अनुसार चलचित्रले पहिलो दि देशभरबाट ९७ लाख ६५ हजार २ सय ७५ रुपैयाँ कलेक्सन गरिएको बताइएको छ । त्यस्तै शनिवारको दिन १ करोड ७७ लाख ६४ हजार ७ सय ७३ रुपैयाँको ग्रस कलेक्सन गरेको छ ।

पहिलो दिन कृले उपत्यकामा ५१ लाख ११ हजार ६ सय ८६  र मोफसलबाट ४४ लाख ५३ हजार ५ सय ६२ रुपैयाँको कमाई गरेको थियो भने दोस्रो दिन राजधानीबाट ९४ लाख २३ हजार ३ सय ५१ रुपैयाँ ग्रस हुँदा मोफसलबाट ८३ लाख ४१ हजार ४ सय १२ रुपैयाँ बक्स अफिस कलेक्सन गरेको छ ।  ६ दिनमा कृले देशभरबाट जम्मा ५ करोड ४४ लाख ९३ हजार २ सय २३ रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
कृलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । यस चलचित्रमा अनमोल केसी अदिती बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको अभिनय रहेको छ ।

No comments:

Post a Comment