नेपाली प्रधानमन्त्री ओलीलाई शुभकामनाका बोली... कविता ( शार्दूलविक्रीडित छन्द) - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

नेपाली प्रधानमन्त्री ओलीलाई शुभकामनाका बोली... कविता ( शार्दूलविक्रीडित छन्द)

नेपाली प्रधानमन्त्री ओलीलाई शुभकामनाका बोली... कविता ( शार्दूलविक्रीडित छन्द)

Share This
आशा छन् मनमा सबै किसिमले नेपाल समृद्ध होस्,
यो आफ्नै पहिचानको मुलुक होस् मुस्कान सञ्चार होस् ।
खोलाको छ मुहान उत्तर दिशा सम्पूर्ण नेपालको,
खोलो खोज्न भनेर दक्षिण दिशा जाने प्रथा बन्द होस् ।
मान्छे व्यक्ति रहन्न कार्यपदको दायित्वको राष्ट्र होस्
आफ्नो राष्ट्रिय धर्म रक्षित हुने सम्मानको राष्ट्र होस्।
भोका पेटहरू नहून् मुलुकमा होस् भोकमा अङ्कुश,
तिम्रो शासनमा समस्त जनमा निष्पक्षता बोध होस्।
जम्मै छन् गुण दोष युक्त जनता नेता र मन्त्री पनि,
मान्छेको गुण मात्र राष्ट्र हितमा खोजेर ल्याऊ तिमी।
पैसा तिर्नु परेन मानिसहरू डाके सबै आउँछन्,
केही काम नयाँ गरौं भनिदिए उत्साहले धाउँछन्।
जम्मैको सहभागिता सहजता एकात्मता ल्याउँछ,
फोटो मात्र सँगै बसी खिचिदिए सद्भाव फैलाउँछ।
धर्ती मङ्गलझैं सुदूर नबनून् मन्त्री तथा मानिस,
नेपाली जन हुन् विशिष्ट भगवान् मन्त्री लिऊन् आसिक।
जाँदा भारत पाक चीन सबमा सम्मान होस् राष्ट्रको,
नेपाली गरिमा प्रफुल्लित हुने उत्थान होस् राष्ट्रको ।
मात्रै त्यो अनुदानले मुलुकको उद्धार के हुन्छ र!
आफैंले अनुदान गर्नसकियोस् सम्मानमा राष्ट्रको।
स्वार्थी छन् गण पार्श्व पालकहरू केही विदेशी दल,
बन्लान् बाधक कार्यको समयमा होला बढ़ी खल्बल।
गाई चोर र गोरु चोर जहिल्यै यो देश फोर्ने पनि,
वैरी पोषक राष्ट्र घातकहरू सङ्हार पारे तिमी ।
तिम्रो यो सरकारमा मुलुकको नौलो दिशा देखियोस्,
नेपाली जनता विलज्जित हुने प्रस्तावना मेटियोस्।
खोलाको गतिमाथि अङ्कुश हुने वार्ताहरू बद्लिऊन्,
नेपाली जन सार्वभौम रहने बाटाहरू खोजिऊन् ।
तिम्रो काल सधैं बनोस् मुलुकको सम्मानमा अर्पित,
तिम्रो नाम लिँदा सधैं मुलुक होस् आपस्तमा हर्षित।
तिम्रो नाम लिऊन् सगर्व जनता नेपाल होस् विस्तृत,
ओली राष्ट्र बचाउने बन तिमी नेपालकै गर्वित ।
विनीत: कनकधारा स्वामी स्वदेशानन्द

No comments:

Post a Comment