कविता : "सामुहिक आत्महत्या" अमिता आख्यान - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

कविता :  "सामुहिक आत्महत्या" अमिता आख्यान

कविता : "सामुहिक आत्महत्या" अमिता आख्यान

Share This
"सामुहिक आत्महत्या"

मायाका
बेमौसमी खेती गर्नेहरुको झुण्डले
बिश्वासको व्यापार गर्नेहरुले
एउटा चिहानमा
रोपेका छन् केही फूलहरु !
चिहान
जो निदाईरहेको छ
आफ्नो छातीमा
ढुंगाको बर्को ओढेर
ऊ निदाईरहेको छ
तर खै कहाँबाट
एउटा आर्तनाद जस्तो सुनिन्छ
एउटा चिच्याहट जस्तो सुनिन्छ
ढुंगाको बर्को चिरिएर चिहानको "मुटु"
चिहान बाहिर निस्किएर रुन्छ !
फूलहरु
चिहान वरिपरि
चिहानको मुटु सँगै रुन्छन्
फूल रोप्नेहरु
पर बसेर हेर्छन् र भन्छन् फूलहरु प्रेमका गीत गाउँदैछन् !
भ्रमित बाँचेका यी फूलका मालिहरु
चिहानको आधिपत्य नष्ट गरेर
फूलहरुमा हक जमाउँछन्
चिहान उसैगरी सुतिरहन्छ
चिहानको छातीमा टेकेर
फूल चुँड्न उद्धत मालिहरु विरुद्ध
फूलहरुले विद्रोह गर्छन्
अनि
गरिदिन्छन्
चिहानको छातीमा
एउटा सामुहिक आत्महत्या !

No comments:

Post a Comment