प्रेम~कविता -एलिशा एकलास - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

प्रेम~कविता -एलिशा एकलास

प्रेम~कविता -एलिशा एकलास

Share This
प्रेम~


एउटा रातो कार्डमा
केही थान अक्षरहरु
मृत् लाल गुलाबको बुइ चढेर आइपुगेका छन्
मेरो आँगनीमा 
ढक् ढक् गर्दैछन् ढोका
म दिलमा भोटेताल्चा झुन्ड्याएर
निँदाउँदैछु कुम्भकर्ण निँद
ओ
कपास देशको मान्छे
गुराँस मुलुककी मैयाँ
के लोभिन्थी गुलाबसँग
भनेकै थिएँ त..
भुलक्कड छौ तिमी भुलक्कड
नदि जस्तै
स्वार्थी छौ स्वार्थी
मैनभित्रको धागो जस्तै
अस्थिर छौ अस्थिर
समयजस्तै
म भुलक्कड, स्वार्थी, अस्थिर मानवलाई
कसरी प्रेम गर्नसक्छु ??
ओ, प्रेमपुजारी प्रितम
म तिम्रो प्रेमका परिभाषा
बुझ्दैबुझ्दिनँ
जसरी बुझेकी छैन
तिमीले थमाइदिएको
कागजी मुटुका अक्षरहरु
मेरो लागि प्रेम
ठ्याक्कै त्यस्तै छ
नजानिँदो, नबुझिँदो... अपरिभाषित
ओ प्रितम
यदि
तिमी मलाई प्रेम नै गर्छौ भने?
आऊ मिच गुलाब- बनाइदेऊ
निधार~माथी सानो रातो धर्को
र बनाऊ मलाई
जनम जनमकी स्वामीनी
कोरसमा गुन्जिरहोस्..
'यति चोखो यति मीठो दिउँला तिम्लाई माया...

No comments:

Post a Comment