टेलिभिजन रियालिटी सो ‘को बन्छ करोडपति’ नेपालमा प्रसारण हुने - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

टेलिभिजन रियालिटी सो ‘को बन्छ करोडपति’ नेपालमा प्रसारण हुने

टेलिभिजन रियालिटी सो ‘को बन्छ करोडपति’ नेपालमा प्रसारण हुने

Share This
एसआरबिएन र एपी वान टेलिभिजनको सयुक्त आयोजनामा प्रसारण हुने कार्यक्रमको प्रस्तोता राजेश हमाल हुने छन्।
एसआरबिएनका प्रमुख कार्यकारी अधिकृत बिपिन आचार्यले आउँदो जेठबाट केबिसी टेलिभिजनमा प्रसारण हुने जानकारी दिए।

नेपाल पनि केबिसी बेलायतमा पालना गरिने नियम अनुसार खेलाइने आयोजकले जनाएको छ।
जसमा रजिस्ट्रेसन द्वारा छानिएका मध्ये १० जना फास्टेस्ट फिङ्गरको लागि चुनिने छन्।

चुनिएका १० जना कार्यक्रममा गई हट सिटको लागि प्रतिस्पर्धा गर्नेछन्। छिटो उत्तर मिलाउने भाग्यमानीले एक करोडको लागि खेल खेल्न पाउने छ। खेलमा अडियन्स पोल, फोन–अ–फ्रेण्ड, फिप्टी-फिप्टी गरि तीन लाइफ लाइन हुनेछन्।
आयोजकले केबिसी नेपालको एप्लिकेशन पनि सार्वजनिक गरेको छ। एप्लिकेशनमा भएका प्रश्नहरुको जवाफ दिई निश्चित प्वाइन्ट जितेपछि उपहारहरु पाइने आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनमा राजेश हमाल, एपी टेलिभिजनका प्रतिनिधि र आयोजकहरुको उपस्थिति थियो।
आयोजक एसआरबिएनका सीइओ आचार्यले केबिसी आयोजनाका लागि अनुमानित १५ करोड रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको बताए।

No comments:

Post a Comment