प्रेम गर्ने जोडीहरुका लागि विशेष महत्त्व बोकेको प्रणय दिबशको माहोलमा बिशेष युबा युवती झुमिरहदा यता बजारमा भ्यालेनटाईन डे स्पेशल गीतले चिसो बाताबरणलाई झनै गर्मी बनाईदिएको छ । यहि प्रणय दिबशको फाईदा लिन खोज्दै छिन गायिका पुर्णिामा लामा । निकै मिठो स्वरकी धनी गायिका लामा पछिल्लो समयमा निकै चर्चामा रहेकी छन । यो भ्यालेनटाईन डे स्पेशल गीतमा पुर्णिामा लामालाई के. बि. लामाले साथ दिएका छ्न । फरक फरक शैलीका गीत गाउन सक्ने के. बि. लामाको स्वर उत्तिकै बेजोड छ । अर्कोतिर यहि बिशेष दिनको फाईदा लिन खोज्दैछन गीतकार बिष्णु पौडेल `निरिस´ । बास्तबमा गीतका प्रत्येक शब्दहरु सरल तर निकै मार्मिक छ्न । आफ्नो मायालु जोडीको लागि आफू मर्न पनि तयार देखिन्छन । सयौं खोला को के कुरा भो र हजारौं नदि पनि तर्न तयार हुदैछन त्यसरी नै सबै मायालु जोडीहरु । सङीतकार दिपक राजको निकै मन छुने सङीत सुन्न सकिन्छ भने यो गीतलाई जनता डिजिटलले बजार ब्यबस्थापन गरेको छ ।
No comments:
Post a Comment