बिपिन कार्कीबाट अभिनित फिल्म नाकाको ट्रेलर सार्वजनिक भयिसकेको छ । ट्रेलरमा विपिन कार्कीको नयाँ लुक्समा देखिएका छन । उनको यो लुक्सले(नया अवतर)ले निकै चर्चा पाएको छ । बिपिन कार्कीको लुक्सलाई फिल्म युनिटले प्रचारको प्रसारको मुख्य माध्यम बनाएका छन ।
साथै नायक विपिन कार्कीको जस्तै कपाल बनाउनेले पुरस्कार पाउने भएका छन् । फिल्म ‘नाका’ युनिटले प्रचार प्रसारका लागि उक्त स्किम सुरु गरेको छ । गोल्डी पात्र (विपिन कार्की)को जस्तै कपाल काट्नेले फिल्म नाकाको फेसबुकमार्फत फोटो पठाउन पर्ने । प्रतियोगितामा हरेक उमेर समुहका सहभागी हुन पाउने छन् ।
नाका क्षेत्रमा हुने तस्करी र जोडिएको गुण्डागिरीको कथा भन्ने फिल्म तातोपानी नाका र सिन्धुपाल्चोकमा सुटिंग भएको छ । निर्देशक श्रेष्ठको कथामा अभिषेक सुवेदीको पटकथा रहेको यो फिल्मलाई अमित श्रेष्ठले निर्देशन गरेको छन् । विपिन कार्कीका साथमा थिन्ले लह्मो, रोविन तामाङ, सजन थापामगर, शिव मुखिया, प्रकाश गन्दर्भ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
No comments:
Post a Comment