कविता - आत्मनिष्ठा - रुप रसाईली - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

कविता - आत्मनिष्ठा - रुप रसाईली

कविता - आत्मनिष्ठा - रुप रसाईली

Share This

ब्यूँझदा
झझल्कोमा आँखै वरिपरि हुने
सुतिरहँदा
सपनीमा बेहिसाब राज गर्न आउने तिमी
कति धड्किन्छौ बेजोडबेजोड सम्झनाको धड्कनमा?
तिमीले लेखेको अपूरो कविताको अपूरै अनुच्छेद
यता पूरापूर मथिंगलमा फन् फन् घुमाउरहँदा
तिमी,
उही कवितालाई भाका हालेर सुनाउछौ कतै दूर सुदूरमा।
प्रिय नू...!
हतासोमा
पट्याएपछि दुई बनेर छिर्छ एक जेउरो
मेरो जिन्दगीमा कहिले छिर्छौ र लगाउँछौ तान?
हामी दुई त!
एक बनेर छिर्नु छ प्रेमको हतासोमा।
आऊ,
भत्काऔँ
उज्यालो छेकेको एउटा अँध्यारो डिल।
किनकि,
सागरमा पुग्न बग्नै पर्छ तिलिचो
'गलबन्दी' बुनिन- अल्झिनै पर्छ कुरुस
प्रेम प्रेमकै उचाइ पाउन
जोडिनै पर्छ रूप र नू'।

रुपसी (सुप रसाईली)

No comments:

Post a Comment