सेतो बसले जुराएको प्रेम कथा - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

सेतो बसले जुराएको प्रेम कथा

सेतो बसले जुराएको प्रेम कथा

Share This
मुस्कान, कोमल व्यावहार, नरम बोलीले आजपनि मेरा वरिपरी डेरा जमाई बसिरहेको छ । हटाउने प्रयत्न गर्छु, बिर्सन खोज्छु, उल्टै विकराल बनेर आउँछ ।
बिहानै कोठाबाट निस्कनुपर्ने, कलेजको पढाई भर्खर भर्खर राजधानी तिर झरेको थिए । पूर्व ईलामबाट । काठमाडौंमा कस्ता–कस्ता मानिस भेटिदाँ रहेछन् । कोही नबोल्ने तर आफुलाई कति जान्न मन थियो यहाँको परिवेशका बारेमा । कसलाई भन्नु, को सँग बोल्नु, लाजै लाग्थ्यो मलाई त ।
मनमा नानाथरी सपना बुनेर बस्थे । अनि सोच्थें । दिमाख मात्रै खराब हुने । उपलब्धी केहि थिएन । खुला सडक, बाँझो जमिन, केही राम्रा चिज देख्यो की, आफ्नै हो लाग्ने । यस्तो स्वर्गमा बस्न पाउँनु नै आफुलाई भाग्यमानी जस्तो महसुस गर्थे, तर अझैसम्म पनि त्यति खुलेर सँगत गर्ने साथी कोहि थिएनन् ।
गाँउबाट कहिलेकाही सँगै पढ्दाका साथीहरु आउथें टन्न पैसा हुन्थ्यो खल्तिमा । अनि भन्थे– मोज छ तलाई । अनि आफुपनि उनीहरुका मुखनिर किन सानु बन्नु, भन्थे– सहि भन्यौ । मोज छ मलाई । सुरुमा त राजधानी आँउदा आफुपनि शेरझैं लाग्थ्यो । आमाले सात गाँठो पारेर धोतीको किनारमा साँचेर राखेको त्यो पैसा । बाबाले भारतमा चौकिदारी गरेर कमाएको केही रुपैयाँ मलाई एक महिनासम्म त काठमाडौंमा टन्न भयो ।
मेरा साथीहरुलाई पनि त्यस्तै हुँदोहो । त्यो पैसा, यँहाको यात्रा कति सस्तो, गाँउको भन्दा ब्रोईलरको मासु कति सस्तो । त्यो बाहेक अरुमा मनै नजाने । राँगाको सुकुटी ५० रुपैयामा हाप प्लेट । आहा ! सुरुमा यस्तै भयो मलाई । दिन बित्दै गए गोजी रित्तिन थाल्यो । अनि लाग्न थाल्यो, ५ मिनेटको पैदल दूरी हिडेर पुग्ने बाटोमा सस्तो १५ रुपैयाँको टिकट मात्रै जोगिएको भए मलाई १ महिनामा २५ सय बच्ने रहेछ ।
दिन बित्दै गए । पढाई सुरु भइसकेको थियो बिहान कलेज जान्थे । ‘बोर’ लाग्थ्यो पढ्न भनेपछि । खल्तिमा पैसा थिएन । घरमा फोन गर्ने बाटै थिएन । भएको दुई बाख्रा बेच्थिन् होला आमैले, त्यो पनि रोग लागेर मरे भनेर फोन आइसकेको थियो । अभाव र चुनौती सँगै ।
केही गरौ सीप नै थिएन । आमैले खाना खाँदा पानी सारेर बस्नुपर्छ बाबु भन्दा रिस उठेर खानै नखाई हिड्थें । अहिले सम्झिन्छु, कति मन दुख्थ्यो हो तिनको । कति पिडा बोध हुन्थ्यो होला । तर मैले केही गर्नुपर्छ, यो तालले पार लागिदैन भन्नेपनि थाह थियो तर के गर्नु भन्या बेला के पाईन्थ्यो र ? एकजना रेडियोमा काम गर्ने दाईसँग सुरुमा गाँउबाट आएका बखत दुईचार दिन चिया पसलमा भेट भएको थियो, मैले पैसापनि तिरेको थिए, दुई दिन उहाँले खाएको चियाको । ‘मिल्क टी’ कपको बीस रुपैयाँ । संयोग कस्तो, एक्कसी एका बिहानै उहाँसँग भेट भयो त्यँही पसलमा । दाईले भोलेन्टियर काम खोज्नु भएको रहेछ मेरो लागि ।
खै आफुलाई के हो यस्तो भोलेन्टियर थाहै थिएन । उहाँले भन्नुभयो,‘भोलेन्टियर गर्छौ, एफ.एममा काम छ, तीन महिना गर, काम सिकेपछि तलब पाँउछौ राम्रै हुन्छ ।’ मैले खुसी हुँदै भने हुन्छ दाई म काम गर्छु । बाध्यता थियो । अनि उहाँले त्यो एफ.एमका स्टेशन म्यानेजरलाई मेरो अलि बढाइचढाई गरेर भन्नुभयो, ‘एक भाई छ, तपाईको मा काम सिक्न आउँछ राख्नुस् ल ।’ फोनको स्प्रिकर कम थियो दाईले टाउको हल्लाएको ईशाराले मैले चाल पाइसकेको थिए काम बन्यो । अनि नास्तासम्म दिने सहमति भएछ । भोलिपल्ट देखि नै म एफ.एम. जान थाले । सुरुका दिन त्यस्तै बिते । कसैसँग परिचय थिएन । बिस्तारै परिचय हुँदै गयो । जसोतसो आफै सोधेर समाचार लेख्ने, रिर्पोट बनाउने आईडिया सिक्दै थिए ।
तर, मलाई एक चिन्ता थियो । पहिलाको पच्चीस सयको यात्राले केही उपलब्धि गर्नै लागेको थियो । कस्तो दुभाग्र्य पैसा नै रित्तिएकाले आफु पैदल नै हिड्नुपर्ने । एक सुन्दर, शुसील, युवती जुन रत्नपार्कमा एक प्राईभेट अफिसमा काम गर्ने बताउथिन् आफुलाई । सँगै एक महिना बानेश्वर देखि रत्नपार्कसम्म उनी सँग यात्रा भएको थियो मेरो । तर म त्यति नजिक भइसकेको थिएन । नाम नै सोधेको थिएन मैले त । मैले आफ्नो परिचय भने दिईसकेको थिए । पछि उनले भनिन् म स्नेहा । मेरो पहिल्यै देखिको ईच्छा पत्रकार बन्ने तिरै थियो । र मैले उनलाई म पत्रकार हो भनेर आफ्नो परिचय दिएको थिए । तर म त्यो बेला एक बेवारिसे जस्तै थिए । प्रत्येक दिन बिहान ९ बजेर ३० मिनेटमा बानेश्वरबाट हामी निस्किन्थ्यौ ।
उनी अफिस जान्थिन्, म बसबाट ओर्लिन्थे, रत्नपार्कमा ३० रुपैयाँको टिकट लिएर भित्र छिर्थे । त्यँही मेरो अफिस । मैले उनलाई झुटो बोलेको थिए । दिउँसभरी त्यँही बस्थे । गितहरु सुटिङ भएको हेर्न मज्जा आउथ्यो । जब ४ बज्थ्यो, उनको अफिस बिदा , मैलेपनि यता बिदा लिएर आउथे । यसरी मेरो झुटको खेती मायामा परिणत हुँदै थियो । स्नेहा त्यो ‘सेतो बस’ को सिटमा बसेकी हुन्थिन् म पुग्थे सिट खाली हुन्थ्यो । म अचम्म पर्थे यत्रो मान्छे उभिएका छन् यो सिट खाली । पछि चाल पाए उनी भन्दि रहेछन् यता ‘एउटा मेरो साथी आउँदैछ’ ।
आजकाल म पत्रकार भएको २ महिना पुगेको छ । रिर्पोट बनाउन जान्ने भएको छु । अफिसले नास्ता र गाडी भाडा दिएको छ । घरभाडासम्म तिर्न पुग्छ । तर मैले जसलाई पत्रकार हुँ भनेर ढाँटेको थिए, उनलाई खोज्दैछु, बानेश्वर चोकमा रहेको छक्कु बक्कु पार्कमा एका बिहानै मेरा आँखा त्यँहा चल्ने बसतिर हुन्छन् । ‘सेतो बस’ थियो, नम्बर थाह थिएन, आजकाल त त्यहाँ धेरै ‘सेता बस’ देख्छु । पहिले मेरो ध्यान त्यो एक ‘सेतो बस’ मा मात्रै थियो । यहाँ त हजारौ ‘सेता बस’ हुँदा रहेछन् । नम्बरले चिन्नु पर्दोरहेछ ।
आज ‘भ्यालेन्टाईन डे’ कसलाई भेटौं । उनीसँग भेट भएको भए प्रपोज नै गर्थेन तर दुःख सुखका कुरा गर्थे । आज अपिस बिदा छ । त्यै पार्कका छु । अझै आश मरेको छैन् आउछन की स्नेहा ।

No comments:

Post a Comment