यसैगरी जेसीज वर्ष उत्कृष्ट व्यक्तिका रुपमा राजेश थापालाई सम्मान गरिएको छ । सम्मानित व्यक्तिहरुको व्यक्तिगत विवरण देबु बानियाँ र प्रविण भडारीले पेश गरेका थिए । यसैगरी २०७३ सालको एसएलसी परीक्षामा बाहुनडाँगीबाट उत्कृष्ट अङ्क ल्याउने नगदछात्रा रीचा ढकाल र सफलता बाँकस्कोटालाई गङ्गामाया–दलबहादुर सिठुङ पुरस्कारबाट सम्मान गरिएको छ ।
सोही अवसरमा वर्ष वर्ष २०१७ का अध्यक्ष किरण नेपालले वर्ष २०१८ का अध्यक्ष जीवन मोतेलाई जेसीज चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराएका थिए । नव निर्वाचित अध्यक्ष मोतेले वर्ष २०१८ का लागि बोर्डका पदाधिकारीहलाई मनोनित गरेका थिए । जसको महासचिवमा सागर कार्की, कानुनी सल्लाहकारमा कञ्चन उप्रेती, कोषाध्यक्षमा प्रविण भण्डारी रहेका छन् ।
यस अघि भएको निर्वाचनबाट कार्यकारीणी उपाध्यक्षमा केवल निरौला, राजेश थापा, उपाध्यक्षहरुमा सृजन कट्टेल, कौषल उप्रेती, समिर राई र प्रशंसा कोइराला सर्वसम्मत चयन भएको घोषणा निर्वाचन आयुक्त पुष्कर ढकालले गरेका थिए ।
मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यको प्रमुख आतिथ्यता तथा वर्ष २०१७ का अध्यक्ष किरण नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथि मेचीनगरकी उपमेयर मिना उप्रेती, सुरुङ्गा जेसीज वर्ष २०१७ का अध्यक्ष जमिन तिम्सिना, मातृ शाखा धुलावारी जेसीजका पूर्व अध्यक्ष दिपक भण्डारी, सम्मानित व्यक्ति भानुभक्त ढकाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
राजेश थापाले आस्था वाचन गरेको कार्यक्रमको स्वागत कार्यक्रम संयोजक बेग सुनुवार र सञ्चालन २०१७ का महासचिव दिपक बराल र २०१८ का महासचिव सागर कार्कीले सयुक्त रुपमा गरेका थिए ।
राजेश थापाले आस्था वाचन गरेको कार्यक्रमको स्वागत कार्यक्रम संयोजक बेग सुनुवार र सञ्चालन २०१७ का महासचिव दिपक बराल र २०१८ का महासचिव सागर कार्कीले सयुक्त रुपमा गरेका थिए ।
No comments:
Post a Comment