महोत्तरीमा मोटरसाइकल दुर्घटना एक घाईते एकको मृत्यु - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

महोत्तरीमा मोटरसाइकल दुर्घटना एक घाईते एकको मृत्यु

महोत्तरीमा मोटरसाइकल दुर्घटना एक घाईते एकको मृत्यु

Share This
 महोत्तरीको बर्दिवास नगरपालिका ५ मा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा सिन्धुली तिनपाटन बस्ने २७ वर्षीय जीवन पोखरेल रहेको ईलाका प्रहरी कार्यलय बर्दिवासले जनाएको छ । पुर्वबाट पश्चिम् तर्फ जादै गरेको ज.१०.प ७७३२ नम्बरको मोटरसाइकल र पश्चिमबाट पुर्व तर्फ आउदै गरेको बा.३६.प २४७९ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना भएको हो ।
बा.३६.प २४७९ नम्बरका चालक पोखरेलको उपचारको क्रममा बर्दिवासमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रबिन पोखरेलले जानकारी दिए । दुर्घटनामा परी गम्भीर घाइतेहरुको बर्दिवास स्थित स्थानीय स्वास्थ्य सस्था उपचार भइरहेको छ । दुवै घाइतेको अवस्था गम्भीर रहेको र थप उपचारको लागि बाहिर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच गुल्मीमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका वडा नम्बर ६ निवासी ६० वर्षीय गोपालबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

No comments:

Post a Comment