मैले के गर्नुपर्छ ? कवी रोशन परियार - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

मैले के गर्नुपर्छ ? कवी रोशन परियार

मैले के गर्नुपर्छ ? कवी रोशन परियार

Share This
"मैले के गर्नु पर्छ"
रोशन परियार

आफै हराएको समाचार छापेर
हातमा आजको अखबार राखेर
एउटा काठमाण्डौ घण्टाघर अगाडि
खुलेआम समय बेचिरहेको छ
मेरो गाउँको एक डोको घडीबाट
एक मुठो समय बेच्न
मैले कुन नाडी समाउनु पर्छ ?

बोतलको बिर्को खोली आफै पसेर
गंगाजल पानीको खोली माथि बगेर
एउटा काठमाण्डौ बागमती किनारमा
ठिङ्ग उभिएर जीन्दगी बेचिरहेको छ
मेरो गाउँको एक लोटा पानी बाट
एक थोपा जीन्दगी बेच्न
मैले कहाँको नदि पुग्नु पर्छ ?

महङ्गो पनि अति महङ्गो माटो टेकेर
आफै पुग्ने गन्तव्य को बाटो छेकेर
एउटा काठमाण्डौ शहिद गेट मुनि
लम्पसार जमिन बेचिरहेको छ
मेरो गाउँको एक पाइले गोरेटो बाट
एक कदम पैतला बेच्न
मैले कहाँको धुलो टेक्नु पर्छ ?

अत्तरको सुवास र पसिनाको अविश्वास घोलेर
एक हुल भोलीका युग चालकहरु बतास मोडेर
एउटा काठमाण्डौ रत्नपार्क को दुँबोमा
बर्षौं पहिले देखि वर्तमान बेचिरहेको छ
मेरो गाउँको एक जुवा घाम बाट
एक धर्सो किरण बेच्न
मैले कुन आकाश ओढ्नु पर्छ ?

सुनको सोफामा चाँदीको चट्टी ओछ्याएर
सुरा, सुन्दरी र सोमरसको भट्टी घोप्ट्याएर
एउटा काठमाण्डौ सिंहदरबारको बुँईकलमा
यो देश लिलामीको कौडी बेचिरहेछ
मेरो गाउँको एक हुन्नरी झुपडी बाट
एक कोठा ऐयासी बेच्न
मैले कस्तो नशा पिउनु पर्छ ?

आँखामा बिद्रोहको राँको झोसेर
ओठमा मानेपेमेको घण्टी ठोकेर
एउटा काठमाण्डौ बौद्ध गुम्बा वारी
महिनावारी नभएकी बालिकाको अस्मिता लुटिरहेछ
मेरो गाउँको एक फक्ल्याँटो बारी बाट
एक कोदालो मखमली बेच्न
मैले कसको गला खोज्नु पर्छ ?

लालचको ऐना लाखौंलाई देखाएर
जीन्दगी राहदानीको प्रतिविम्ब बनाएर
एउटा काठमाण्डौ विमानस्थल पछाडि
बाध्यताका एक झोला नागरिकता बेचिरहेछ
मेरो गाउँको एक बोट शिरिष बाट
एक थुङ्गा फूल बेच्न
मैले कसको बगैंचा किन्नु पर्छ ??

रोपनि

No comments:

Post a Comment