शिखर भट्टका २ शसक्त कविता होर्डिङ बोर्ड र चाहना - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

शिखर भट्टका २ शसक्त कविता होर्डिङ बोर्ड र चाहना

शिखर भट्टका २ शसक्त कविता होर्डिङ बोर्ड र चाहना

Share This
१ होर्डिङ बोर्ड 
-शिखर भट्ट

मानिसहरू आफ्नै तालमा दौडिरहेछन् ।

कसैलाई चिन्ताले खेदिरहेछ
कसैलाई सम्पतिले दौडाइरहेछ
कोही बुख्याचा झैँ उभिइरहेछन्
कोही जिम्मेवारीसँग भागिरहेछन्

बरु
सहरका होर्डिङ बोर्डहरूले समातेका छन् जिम्मेवारी  !
कसैले पक्की  पुल बनाउँछु भनेका छन्
कसैले बताउँछन् सडक-बाटो राम्रो बनाउँछु भनेर
केही होर्डिङ बोर्डले शिक्षाको अवसर दिने भन्छन्
केहीले 'यही रोजगारीको व्यवस्था' देखाउँछन् !

केही होर्डिङ बोर्डले
सुरक्षित विदेश आवतजावत गराउने ठोकुवा गरेका छन्
केही ले त 'हामी बनाउछौँ देशलाइ' सम्म भन्छन् 

मानिस आफ्नो सुरमा हिँडिरहेछ
देशलाई होर्डिङ बोर्डको जिम्मामा छोडेर ।

कसैले जाडो भगाउने भनेका छन्
कसैले गर्मीको चिन्ता छैन भनेका छन् ।
भोक लागेमा चिन्ता नगर्नुस् भन्छन्
भन्छन् 'आरामदायी ओछ्यानको लागि हामीलाई सम्झनुस्' !

सडकपेटीमा बसेको एक बालक
यो सब हेर्दै विरक्तिरहेछ ।

उसको छेउबाट लामबद्द हिँडिरहेछन् मानिसहरू
फर्केर हेर्दैनन् कसैले उसलाई !
कोही ले राखिदिदैनन् उसको शिरमा हातहरू !
खसालिदिँदैनन् खुसीका सिक्काहरू उसको कचौरामा !
फर्केर मुसुक्कसम्म हाँसिदिदैनन् मान्छेहरू !!

ऊ सोच्छ
मानिसहरूले कतै हाँस्न बिर्सिसकेका त छैनन् ?

ऊ पुन: हेर्छ होर्डिङ बोर्डतर्फ
र देख्छ केही हँसिलो अनुहार !!

भन्छ,
धन्न यो सहरमा होर्डिङ बोर्ड टाँगिएका छन्
र त कहिलेकाहीँ देख्न पाइन्छ मुस्कानहरू !!

२ चाहना
-
चाहदा-चाहदै पनि
हाम्रो सम्बन्ध उचाइमा पुग्न सकेन !

म हाम्रो सम्बन्धलाई
फलाम र चुम्बक झैँ बनाउन चाहन्थेँ
म फलाम नै रहिरहेँ तिमी खिया बनेर आइदियौ !


मैले नचाहेको होइन हाम्रो सम्बन्धलाइ ढुंगा र माटोजस्तो बनाउन
म ढुंगा बनेँ तर तिमी घन बनेर टुक्र्याइरह्यौ

मैले हाम्रो सम्बन्धलाइ
माछा र पानीको जस्तो बनाउन खोजेँ
हिउँ र हिमालको जस्तो बनाउन खोजेँ
तिमी हरबखत खडेरी बनिरह्यौ !

मन थियो
दियोमा बलिरहेको बत्ती र तेल बनोस् हाम्रो सम्बन्ध,
कि प्रेममा उज्यालो बाँड्दा-बाँड्दै आफ्नै अस्तित्व मेटियोस् बरु !

हाम्रो सम्बन्ध त बर्षात र छाता झैँ भैदियो,
म गगनबाट तिमिलाइ चुम्न हाम्फाल्थेँ
तिमी छाता खोलेर चुम्नबाट बन्चित गरिदिन्थ्यौ,
म तिम्रो पैतालालाइ छोएर नै बिलाइजान्थेँ !

म त हाम्रो सम्बन्धलाइ ताल्चा र साँचो जस्तो सुरक्षीत बनाउन चाहन्थेँ
तुलसी र मठको जस्तो पवित्र देख्न चाहन्थेँ !

चाहदा-चाहदै पनि
हाम्रो सम्बन्ध सुरक्षीत हुन सकेन,
पवित्र बन्न सकेन !

म तिम्रो एक स्पर्सको लागि आत्तिरहेँ !

यसपटक तिम्रो स्पर्श पाउन म पतकर भएर तिमि हिड्ने बाटोमा बसिरहेँ
यो पटक तिमी बतास बनेर आइदियौ ! ......

No comments:

Post a Comment