प्रेम शक्ति
©रुबि सत्याल
छेउमै एउटी बुढी मान्छे
बडो जोडले श्वास फेर्दै छिन !
चाउरिएको मुहारमा
सेताम्मे केशले
आफ्नो राजधानी बनाइरहेछ !
एक टकले उस्ले हेरिरहिछिन् !
खुल्ला मुखमा
खिईसकेका चार पाच दातले
पर्खाल बनेर उभिएका रहेछन् !
बिना चलमल सुतिरहेछिन् !
उन्को छेउ उभिएर
उस्कै छोरोले
झरेका आशु
बगेका र्याल
बिना घिन पुछिरहेछ !
हातको नशाको बिचबाट
स्याईनको सियो गडेको छ
त्रिकुटबाट जल धारा महादेबको शिरमाथि खसेझैं
तप तप बोतलबाट !
थोपा थोपा रगत झरिरहेछ्न् !
एकसाथ ग्लुकोज धारा झर्दै छ !
उनले सास मात्रै फेरेको
छातीको उचाई
छातीको गहिराइले बताईरहेछ !
थाके झैं
झिमिक्क गर्दैनन् परेली !
दुई ओठको बिछोड भएको थियो !
यो जुनिमा उनिहरुको मिलन सम्भब होला कि नहोला ?
परिणाम गर्भमै छ !
नमिठो दुर्गन्ध फैलियो
सानो नानीलाई झैं
उनको छोराले
छेउमै राखेको
कपडा फेरिदियो !
लाज घिन केहि
हुँदैन प्रेममा !
आमाको केशराशिमा
ऊ आफ्नो नरम औंलाले मुसारिरहेछ !
अर्को हालले आमाका फुस्रा ह्त्केलामा
ग्लिसिरिन् लगाउदै हल्का हल्का दबाईरहेछ !
न चलमलाएका लाटा औंलालाई
बिस्तारै चुम्दै
जब
बरर आँशु झरे उसका
ती मौन औला चलमलाए झैं लाग्यो !
कस्ले भन्छ
प्रेममा शक्ति हुँदैन ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment