ओलीलाई चीनको बधाई ,अबको प्रधानमन्त्री ओली नै हुन् ;प्रचण्ड - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

ओलीलाई चीनको बधाई ,अबको प्रधानमन्त्री ओली नै हुन् ;प्रचण्ड

ओलीलाई चीनको बधाई ,अबको प्रधानमन्त्री ओली नै हुन् ;प्रचण्ड

Share This
काठमाडौ, २७ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनको जितसँगै नेपालका दुई छिमेकी भारत र चीनले गठबन्धनका कमाण्डर केपी ओली र प्रचण्डलाई बधाई दिएका छन् ।
उनीहरुले आगामी वाम सरकारसँग मजबुद सम्बन्ध कायम गर्दै उच्चतम सहकार्य गर्ने प्रस्ताव समेत गरेका छन् ।चुनावी परिणामलगत्तै नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी, चिनियाँ राजदूत यु होङ र जर्मनका राजदूत माथियश मायरले एमाले अध्यक्ष ओलीसँग भेट गरी आफ्नो देशको तर्फबाट बधाई दिई सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।ओलीलाई सबैभन्दा पहिला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाईसहित सहकार्यको प्रस्ताव गरेको ओलीको निजी सचिवालयले जनाएको छ । काठमाडौंमा रहेका भारतीय राजदूतमार्फत मोदीले वाम गठबन्धनका कमान्डर ओलीलाई बधाई दिनुका साथै सहकार्यका साथ अघि बढ्ने सन्देश सुनाएका थिए ।त्यसलगत्तै चिनियाँ राजदूत होङ पनि राष्ट्रपति सी जिनपिङको सन्देश लिएर ओली निवास बालकोट पुगेकी हुन् । उनले चीनले नेपालमा स्थिर सरकार देख्न चाँहेको र नेपाल विकासको पथमा हिड्न सकोस् भन्ने राष्ट्रपति सीको सन्देश ओलीलाई सुनाएकी थिइन् ।यसैक्रममा जर्मनका राजदूत मागियश मायरले पनि आफ्नो देश नेपालको नयाँ सरकारसँग अझै उच्चस्तरको सम्बन्ध कायम गर्दै सहकार्य गर्न तयार रहेको भन्दै जितका लागि बधाई दिए ।जवाफमा एमाले अध्यक्ष ओलीले निर्वाचन परिणामपछि दुवै छिमेकी मित्रराष्ट्रले समानताका आधारमा दुई पक्षीय सम्बन्ध सुदृढ गर्दै अघि बढ्ने र नेपाल सरकारको चाहनाअनुसार जस्तोसुकै सहकार्य गर्न तयार रहेको जानकारी दिएको बताए । उनले वाम सरकारले सन्तुलित सम्बन्धलाई प्राथमिकता दिने समेत स्पष्ट पारेका थिए ।

थप जानकारीको लागि हामीलाई हेर्दै गर्नुहोस....

No comments:

Post a Comment