गजल १
हुन त मेरो बानी ठिक हुँदै होइन
त्यसैमा यो जवानी ठिक हुँदै होइन
पिउछु त दु:ख भुल्नलाइ पिउछु
तर बोतल को पानी ठिक हुँदै होइन
नहेरौ भन्दानी गिद्दे नजर गै हाल्छ
कसम आखाको नानी ठिक हुँदै होइन
सिमा हुनु पर्छ र मात्र मजा हुन्छ
धेरै मायाको खानी ठिक हुँदै होइन
कति दिल तोडिन्छन कति मुटु रेटिन्छन
प्यारमा हुने बैमानी ठिक हुँदै होइन
मान्छे हु यार गलती हुन्छ मान्छे बाट
तिम्रो यस्तो रिसानी ठिक हुदै होइन
बिगतमा राम्रो नराम्रो जे'नि हुनसक्छ
सम्झिनु त्यो कहानी ठिक हुँदै होइन
गजल २
मैले बियर पिउ भन्थे, उस्ले रम, पिएर गयो ।
मलाइ धेरै पिलायो , आफू कम , पिएर गयो ।
मुटुमा देश र पृया बोकि हिडेको रहेछ ।
आयो म संग बस्यो , र मलम , पिएर गयो ।
भन्न त पुजारी हु मन्दिरमा पुजा गर्छु भन्थ्यो।
साच्चै यो मदिराको , छ कसम , पिएर गयो ।
रोयो धर्धरी रोयो बेपत्ता छोरो सम्झी रोयो ।
लाग्थ्यो थोरै मदिरा , धेरै गम , पिएर गयो ।
गजल ३
हेरन बोल्छ तस्विर सराबी भए देखि।
र त भुलेकोछु पिर सराबी भए देखि।।
,
जब त्यो पत्थर वाट विश्वास टुट्यो मेरो।
धाउन छोडे मन्दिर सराबी भए देखि।।
,
हिर्दय नै छिन्न भिन्न गर्ने गरि आएका।
उतै हराए ति तिर सराबी भए देखि ।।
,
उन्को यादमा तद्पियर पागल सरी हुन्थे।
यो मन भएको छ स्थिर सराबी भए देखि।।
,
म सराबमा यसरी सधै मध्होस हुदा ।
घरमा हुन्छ कीर किर सराबी भए देखि।।
,
अघि पछि इजतका भाषण छाड्ने मान्छे।
फुटपात् मा हिड्छ अमिर सराबी भए देखि।।
गजल ४
केहि पुरा केहि अपुरा, जिन्दगीले मलाई!
सिकायकोछ धेरै कुरा, जिन्दगीले मलाई!!
सँगालेर राखेका थिय, मेरा सपनाहरु!
किन दियो आधा अधुरा, जिन्दगीले मलाई!!
तेरो मायाको बदलामा, खून पिउछु भनी!
देखाउछ धारिलो छुरा, जिन्दगीले मलाई!!
मेरा ति प्यारा बाबा आमा, दैब सामु पुर्याई!
पक्कै बनाउछ टुहुरा, जिन्दगीले मलाई!!
पिउनै लागेको बिष फ्याक्छु, जब सम्झना दिन्छ!
तिम्रो सिन्दुर पोते चुरा, जिन्दगीले मलाई!!
गजल ५
थियो उस्को के दोस, गरीब् हुनुमा
यही त छ अप्सोच, गरीब हुनुमा
मान समान् लुटिन्छ, ईजतै लुटिन्छ
हो लुटिन्छ सब्थोक, गरीब हुनुमा
दिन् भर् मज्दुरी गर्यो, एक् छाक पुग्दैन
हुन्छ सारै बिजोग, गरीब हुनुमा ।।
सन्तान भएर पनि, बाझो बसेकोछ
आमा तिम्रो त्यो कोख, गरीब् हुनुमा
एन के अज्नभि
नारायण जैशि
मष्टाबणण्डालि ४ अछाम
थप जानकारीको लागि हामीलाई हेर्दै गर्नुहोला.....
No comments:
Post a Comment