२५ मंसिर, काठमाडौं । संघीय समाजवादी फोम र राष्ट्रिय जनता पार्टीको गठबन्धनले प्रदेश २ मा प्रत्यक्षतर्फ बहुमत ल्याएको छ । ६४ सिटमध्ये यो गठबन्धनले ३४ सिट जितेको छ ।
वाम गठबन्धनले १९ एमाले १२ र माओवादी केन्द्र ७) सिट जितेको छ भने कांग्रेसले ८ सिट जितेको छ । एक सिटमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
समानुपातिकमा कुन दलले कति सिट जित्यो, त्यो थाहा पाउन अझै केही दिन कुर्नु पर्ने हुन्छ । तर, फोरम- राजपा गठबन्धनले सरकार गठनका लागि आवश्यक बहुमत पुर्याउने पक्का जस्तै छ ।प्रदेश २ मा ७३ समानुपातिक सिट छ । १०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ सांसद चाहिन्छ ।
राजपाबाट सम्भावित उम्मेदवार हुन् जितेन्द्र सोनल । उनी बारा ४ ख बाट प्रदेशसभा सदस्य चुनिएका छन् । पूर्व सभासद रहेका उनी मुख्यमन्त्री बन्ने सम्भावना देखेर नै प्रदेशमा गएका हुन् र पार्टी नेतृत्व पनि यसमा सकारात्मक रहेको बताइन्छ ।
यस्तै राजपाका महामन्त्री मनिष सुमन पनि सप्तरी २ को ख बाट प्रदेशसभा सदस्य चुनिएका छन् । समानुपातिकतर्फ पनि पार्टीका प्रभावशाली नेताहरु रहेका छन्, जो प्रदेशसभा सदस्यसँगै मुख्यमन्त्रीको दाबेदार रहनसक्छन् । तर, पार्टीको माथिल्लो तहमा रहेर काम गरेका लालबाबु र जितेन्द्रलाई मुख्य दावेदारका रुपमा हेरिएको छ ।
थप जानकारीको लागि हामीलाई हेर्दै गर्नुस.......
No comments:
Post a Comment