न खोल रेडियो / कविता/रेडियो नेपाल ©मिशन अधिकारी - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

 न खोल रेडियो / कविता/रेडियो नेपाल ©मिशन अधिकारी

न खोल रेडियो / कविता/रेडियो नेपाल ©मिशन अधिकारी

Share This
       रेडियो नेपाल
©मिशन अधिकारी

न खोल रेडियो
यहाँ रेडियो नेपाल बज्छ
यसले आज पनि बासी समाचार भन्छ !


हो यो सयौं बर्ष पूरानो रेडियो
हजुर बा भन्दा धेरै पूरानो यो रेडियो- झुण्डिएको छ संग्राहालयको किलोमा
बाको घुर्मैलो तस्वीर
पूरानो-थोत्रो ज्वारी कोटसित ।
त्यसलाई हेर्दा यस्तो लाग्छ-
म आफैं पासो लगाएर झुण्डिएको छु ।
आजकल ऊ भन्दैन समाचार
सुसेल्दैन झलकमानका कर्खा
सुनाउँदैन उकाली-ओराली, घाँस-पानीका गीत ।
हुन् बाले पल्टनबाट पठाईदिएका
आफ्नै घाइते समाचार सुनाउन
आफ्नै मृत्युमा आमालाई जीवनको रङ्ग बदल्न
र बरखी बार्न !
अब मृत्युशैयामा छ, उठेर समाचार भन्दैन ।
हो, उसैको सिको गर्दैछ नयाँ रेडियो  ।


भर्खरै गृह प्रवेश गरेको रेडियो
अभ्यस्त मेरी आमा, सुनिरहिछन् 
यो नयाँ रेडियोसित मेरा केही गुनासा छन्-
यो नयाँ रेडियो किन बासी समाचार भन्छ ?
किन बासी बिज्ञापन बजाउँछ ?
किन उस्तै बासी-बासी रागहरू अलाप्छ ?
मलाई संसार देखाउँछु भन्छौ
आधी संसार देखाएकी पनि हौ
बाँकी आधा न हेरौं तिमीजस्तै म ?

आमा- यसले त मेरो आँखामै पट्टी बाँध्न पो लाग्यो !
कसरी बाँकी आधा विश्व चियाउन सक्छु म !


रोम जलिरहेको बेला बाँसुरी बज्छ
तिनै निरोहरूको आवाज आउँछ रेडियोमा
तिनैले सञ्चालन गरेका हुन् सायद रेडियो नेपाल 
आधुनिक गोयवल्श बाँडीरहेछन् अनुमति पत्र
धमाधम खुलिरहेछन् नयाँ-नयाँ स्टेशन
नयाँ-नयाँ नाममा 
ति पनि गोयवल्सका नयाँ अवतार मात्र 

'सावधान ! सावधान !!'
नयाँ दुनियाँका भोकाहरू हो
सुन, ए परिवर्तनका प्यासीहरू हो
सुन-
'आमा दिदी बहिनी हो
कति बस्छौ दासी भै
सुखको सधैं प्यासी बनेर ।'
कहिल्यै सुन्यौ जेवी टुहुरेको आव्हान ?
कहिल्यै सुन्यौ रामेश, रायन, मञ्जुलको अपील ?
'गाउँगाउँबाट उठ बस्ती-बस्तीबाट उठ
यो देशको मुहार फेर्नलाई उठ ।'

यहाँ बज्छ-
'चीसो भनेकै कोकाकोला !'
यसले भन्दैन गाईको शुद्ध दुध खाउ ...
'सामीप्यता बढेपछी प्यान्थर चाहिन्छ ।'
अहो ! लौ सुन के भन्दैछ यो ...?
टिप्यौ यसले बाँडेको सन्देश ?
मागेजस्तो रकम पाएपछी यसले जे पनि बजाउँछ ।


हो आमा,
म सुन्दिनँ नयाँ रेडियो
नेपालीको रेडियो 'रेडियो नेपाल'
यसले आज पनि बासी समाचार भन्छ ।



म खोल्न चाहन्छु मेरै रेडियो नेपाल
दिन चाहन्छु- 
नयाँ गोयवल्सहरूलाई चुनौती 
मलाई मेरै सपनाको नयाँ नेपाल चाहिएको छ ।

थप जानकारीको लागि हामीलाई हेर्दै गर्नुस.....

No comments:

Post a Comment