झण्डै डेढ बर्ष लामो अन्तरालमा आज युवास्टार अनमोल केसी मिडिया सामु उपस्थित भए । आफ्नै होम प्रडक्सनको आफै अभिनित चलचित्र कृ को ट्रेलर सार्वजानिक कार्यक्रममा बडिगार्ड सहित उपस्थित भएका अनमोलको एक मात्र फोटो क्लिक गर्नका लागि दुई घण्टा पर्खेरै भए पनि पत्रकारले फोटो तथा भिडियो लिएका छन् ।
केही प्राबिधिक कारणले तोकिएको समयभन्दा दुईघण्टा ढीला गरी शुरु भएको उक्त कार्यक्रममा अनमोलको ईन्ट्रिपछि माहोल निकै गर्मायो ।बहुप्रतिक्षित मानिएको कृ चलचित्रको ट्रेलरमा एक्सन मुडमा देखिएका अनमोलको चर्चा उपस्थित धेरैले मुक्त कण्ठले प्रशंसा गरेका छन् । सुवास गिरी र भुवन केसीको लगानीमा तयार भएको कृलाई सुरेन्द्र पौड्यालले निर्देशन गरेका हुन् । चलचित्र अहिले सम्मकै महंगो बजेटमा निर्माण गरिएको निर्माण पक्षले दाबी गरेका छ ।
No comments:
Post a Comment