बा-आफ्नै सन्तति लाई बुझ्न सकेनौ -गज़ल -धिरेन्द्र के सि "स्पन्दन" - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

बा-आफ्नै सन्तति लाई बुझ्न सकेनौ -गज़ल -धिरेन्द्र के सि "स्पन्दन"

बा-आफ्नै सन्तति लाई बुझ्न सकेनौ -गज़ल -धिरेन्द्र के सि "स्पन्दन"

Share This
spandan sahitya channel's profile photo१.गजल
जिन्दगीमा सुखदुःखको पाटो यस्तै छ
यो समयले ल्याइदिन्छ फाटो यस्तै छ

हाम्रो सानो खेतमा पनि भकारी फल्छ,
हाम्रो देश नेपालको यो माटो यस्तै छ

बर्सेनि धेरैले ज्यान गुमाउनु पर्छ यहाँ ,
सवारीसाधन यस्तै छ बाटो यस्तै छ

आमा भन्नुहुन्छ पाहुना आउँदा घरमा ,
हाम्रो खाना साग र सिस्नो आटो यस्तै छ

देशको सिमाना मिचिदा पनि बोल्दैन ,
जनता बोल्छ यो सरकार लाटो यस्तै छ ।

२.गजल
यो समयको गति लाई बुझ्न सकेनौ ।।
तिमिले मेरो पिरति लाई बुझ्न सकेनौ ।।

छोरालाई यस्तो अनौठो युद्धमा पठायौ,
बा-आफ्नै सन्तति लाई बुझ्न सकेनौ ।।

भोट दियौ चुनाव जितायौ तर जनता ,
असल नेता कति लाई बुझ्न सकेनौ ।।

महिला हिंसाका नारा लगाउदै हिड्नेहरु,
घरमा आफ्नै श्रीमती लाई बुझ्न सकेनौ ।।

३.गजल
कस्तो शिक्षा पाएको हो खै समुदाय बाट ।।
अपराधी सुध्रिएन कानुनी सजाय बाट ।।

ब्यापारीले सामानहरु दोब्बरमा बेचेर भन्छ,
केही फाइदा लिन सकिएन व्यवसाय बाट ।।

यी नेता अनि राजनीतिले केही हुनेवाला छैन ,
अब जनता देश बनाउनु पर्छ नयाँ उपाय बाट ।।

म तिमीलाई खै कसरी बिश्वास गरुँ ए प्रिय,
यहाँ भष्टचार भएको छ ठुलै निकाय बाट ।।

४.गजल
नबिझाउने थियौ यी आखाको परेलामा राखेर ।।
किन हिन्छौ अचेल जिन्दगी झमेलामा राखेर ।।

एउटा गुरु मैनबत्ती झै उज्यालो प्रकाश दिन्छ,
अनि निभ्छ त्यो ज्ञानको ज्योति चेलामा राखेर ।।

आमा सधै एउटै कुरा बारम्बार सम्झाउनु हुन्छ ,
बाबु तिमीलाई हुर्काएको हुँ यी हत्केलामा राखेर।।

छोरालाई सबथोक सम्झन्छ यो अन्धो समाज,                      
छोरीलाई भने सधैभरी अनेकौं हेलामा राखेर ।।

बाँचुन्जेल किन धनको लागि मरिहत्ते गर्छ मान्छे,
के लिएर जान्छ मान्छे छातीमा मर्नेबेलामा राखेर।।

५. गजल
जीवनमा संघर्ष हुदैन रहेछ अभाव नभए ।।
माटोमा पसिना बगाउनु पर्ने दबाब नभए ।।

गरीबीले गरीबलाई सताउन सम्म सतायो ,
छोरो स्कुल जादिन भन्छ किताब नभए ।।

शासकहरुले मेरो देशलाई लुट्नु सम्म लुटे,
होशियार अझै लुट्न सक्छन् हिसाब नभए ।।

यो दुनियाँ स्वर्ग भन्दा पनि प्यारो हुने थियो,
यहाँ मानिसहरू कोही पनि खराव नभए ।।

-धिरेन्द्र के सि "स्पन्दन"
बैजनाथ गाउँपालिका -८, बाँके
हाल- दक्षिण कोरिया