गज़ल Bhim RK - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

Image may contain: 1 person, smiling, sunglasses1

चांहिदैन माया मलाइ एक्लै रुनु पर्छ भने |
आंधी आइ कोपिला फूल्न नपाई झर्छ भने |

संगै जीउने मर्ने भनि कसम खाए पछी |
किनारामा एक्लै छोडी सागर तर्छ भने |


मेरो प्राण तिमि भनि अति बिस्वास दिदै गएं |
भित्रभित्रै मुटु रेटी अन्त तिरै सर्छ  भने |


प्रेमको व्याख्यालाई फूलसंग गर्नेहरु |
बिषालु काँडा उम्री यो दिल भित्र सर्छ भने |


2

के पाउँछन् प्रवासी? इमान अनि तागत बेचेर |
पाउँछन् त् केवल पैसा बेलाबखत बेचेर |

घरमा बा-आमा  रुन्छन एक्लो छोरो प्रवासीका
हुँदैन केहि उपचार ज्यान अनि तागत बेचेर

साहुको चराको बचनले पोलिरहंदा बाउको मुटु
उता छोरो पिडामा छ मान अनि इज्जत बेचेर

पवित्रतामा चोखो माया गर्नु हुन्न फललाई पनि
सकिन्छ यी यौवन मात सुवास अनि पाता बेचेर

3

छोडे पछी तिम्ले यहाँ बाच्ने कुनै आधार भएन
लागे पछी मुटुमा चोट कुनै उपचार भएन

सुन्दर सपना देखेको थिएँ तिमीसंग जिउने मर्ने
भयौ तिमि बिस्वास घाती साकार भएन

आजाभोली धोकेवाज नि फालाफाल छन् जताततै
ति पापीलाई थुनी राख्ने कारागार भएन

पक्कै धनि हुन्थे होला आँखाका आँसु बेचिने भए
बिडम्बना आँसु किन्ने यहाँ सहर भएन

4

नदीको दुइ किनारामा पार्यो  निष्ठुरीले
मेरो दिलको बसाई अन्तै सार्यौ निष्ठुरीले

मन दिएँ माया दिएँ ज्यान पनि सुम्पेको थिएँ
लिलाम पार्दै मेरो माया टार्यौ निष्ठुरीले

तपस्या र बलिदान गर्छु भनेको थिएँ
फाइदा उठाई तड्पाई तड्पाई मार्यौ निष्ठुरीले

दोबाटोमा एक्लै  पारि भुलाईदियो आर के लाइ
भन्दै थिइ मिलन आँसु झार्यो निष्ठुरीले

5

हुदैछ रे तिम्रो बिहे त्यो दिन कसो गर्छु होला
हल्ला सुन्दै बेहोस भए निम्तो पाएँ मर्छु होला

घंकिनेछं पन्चेबाजा उकालीमा जब तिम्रा
प्राण फाल्न बेशितिर डोरी लीई झर्छु होला

सजिएरै बस्छौ तिमि मण्डपमा कसैसंग
रंगाउदा त्यो सिउँदो त् मा खरानी भइ मर्छु होला

उसैसंग हांसी खुसि बाच्नु  तिमि संसारमा
म मरी धर्तीबाट अन्तै बसाइँ सर्चु होला

तिमि मै लियौं  भने अर्को जुनी यो धर्तीमा
तिम्रो सिउंदो मेरै हातले भर्छु होला

Bhim RK
Baajura-03 Chhadaheya ‘Dhurtala’
Cantact - 9868461238