मंसिर १२, २०७४-मतपेटिका ओसार्न गाउँ पुगेको हेलिकप्टर विवादपछि त्यसै फर्किएको छ । मतपेटिका बोकेको हेलिकप्टर कोरको चढ्ने भन्ने राजनीतिक दलका प्रतिनिधिबीचको विवाद चर्कंदा त्यसै फर्कनुपरेको हो ।
जिल्लाको दुर्गम गाउँपालिका काँडा पुगेको हेलिकप्टर चढ्न राजनीतिक दलका एजेन्ट ९प्रतिनिधि० हरूबीच हानथाप चलेको थियो । ६ जना मात्र चढ्न मिल्ने हेलिकप्टरमा सबै दलका एजेन्ट नअटाउँदा विवाद बढेको हो । काँडामा ५ मतदान केन्द्र छन् । नेपाली सेनाको हेलिकप्टरले पहिलो खेपमा धुली निमावि मतदानस्थलका दुई मतदान केन्द्रबाट ६ वटा मतपेटिका र दुई मतदान अधिकृतलाई सदरमुकाम ओसारेको थियो । दोस्रो खेपमा धलौन मावि मतदानस्थलका दुई मतदान केन्द्रबाट ६ वटा मतपेटिका र दुई जना मतदान अधिकृत लिएर हेलिकप्टर काँडा मावि पुगेको थियो ।