दिसाथैलीबारे जान्नै पर्ने कुरा, यसरी गरौं हेरचाह - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

दिसाथैलीबारे जान्नै पर्ने कुरा, यसरी गरौं हेरचाह

दिसाथैलीबारे जान्नै पर्ने कुरा, यसरी गरौं हेरचाह

Share This

दिसासम्बन्धी समस्या 

हामीले खाएको भोजन आमाशय, सानो आन्द्रा, ठूलो आन्द्रा हुँदै पचेपछि पेटको तल्लो भागमा आएर जम्मा हुन्छ। 
पचिसकेको खानेकुरा दिसाथैलीमा भरिएको सूचना सुषुम्नामार्फत् मस्तिष्कमा पुगेपछि हामीलाई दिसा लागेको महसुस हुन्छ। 
मेरुदण्ड/सुषुम्नामा कुनै चोटपटक लागेर क्षति भए दिसाथैली भरिएको सूचना हाम्रो मस्तिष्कमा नपुग्न सक्छ र हामीलाई शौचालय जानुपर्ने महसुस नहनु सक्छ। यस्तो अवस्थामा धेरै दिनसम्म दिसा नहुने (कब्जियत हुने) वा थाहै नपाई दिसा हुन पनि सक्छ। 
यस्तो भए दिसा गर्ने विभिन्न तरिका सिक्नुपर्ने हुन्छ, जस्तै कब्जियत भए पेट सफा गर्न दिसा खुलाउने औषधि प्रयोग गर्नुपर्ने हुन्छ। 
पेट सफा राख्न (दिसा गर्न) हामीले निश्चित समय तालिका बनाएर अनुसरण गर्नुपर्छ। कोही दैनिक बिहान उठ्नासाथ दिसा गर्छन् भने कोही दुई दिनमा वा कोही एकै दिन दुईपल्ट पनि गर्छन्। हामीले सकेसम्म दैनिक एउटै समयमा दिसा गर्ने बानी बसाल्नु उपयुक्त हुन्छ। 
मेरुदण्ड/सुषुम्नाको चोटपटकपछि दिसाथैली स्वस्थ्य राख्न के गर्ने ? 
·         दैनिक कम्तीमा ३/४ लिटर पानी पिउने। 
·         भोजनमा रेशायुक्त भोजन (सागसब्जी, फलफूल) समावेश गर्ने। 
·         समय तालिकाअनुसार भोजन र शौच गर्ने। 
·         दिसा गरिसकेपछि मलद्वार सफा गर्ने।
·         शौच जानुभन्दा केहीबेर अघि मनतातो झोल वा पानी पिउने। 
·         शौचालयमा बस्न सकिँदैन वा बिछ्यौनामा नै बस्नुपर्ने भए दाहिने वा देब्रे पल्टिएर बस्ने वा सुत्ने। दिसा लाग्न नदिन बिछ्यौनाको तन्नामुनि प्लास्टिक, तन्ना वा अन्य कपडा राख्ने।
·         हात सफा राख्ने र नङ नपाल्ने। 
·         कतिपयले आसन (कमोड)युक्त शौचालयलाई सजिलो मान्छन् भने कतिपयले टुक्रुक्क बस्दा पेट सफा हुने ठान्छन्। बसेर शौच गर्दा गुरुत्वाकर्षणले पेट सफा गर्न मद्दत गर्ने ठानिन्छ। 
·         के गर्नु हुँदैन ? 
·         पेट सफा राख्न चिल्लो, मसलादार तथा धेरै तारेको खानेकुरा नखाने। 
·         एउटै आसन (पोस्चर)मा लामो समय नबस्ने। 
यी लक्षण देखिए तुरुन्त डाक्टरको सल्लाह लिने 
·         लामो समय कब्जियत भए, 
·         लामो समय पातलो दिसा भए वा झाडापखाला नरोकिए, 
·         पेट फुलेर सास फेर्न गाह्रो भए, 
·         भोक नलागे वा लामो समय भोजनमा रुची नभए,  
·         दिसामा रगत देखिए।