
·
यसरी गरौं अनार खेति
परिचय/
अनारको उत्पत्ति
इरानमा भएतापनि यो फल संसारका धेरै देशहरूमा उत्पादन गर्न सकिन्छ । नेपालको
हावापानी विविध खालको भएको कारण विभिन्न फलपूmलको सम्भावना रहेको
छ । नेपालमा अनारको खेती तराईका केही जिल्लाहरूमा साथै प्रायः सबैजसो मध्य पहाडी
जिल्लाहरूमा गर्न सकिन्छ । यसको उत्पादन सामुन्द्रिक सतहदेखि ५००–१६०० मिटरसम्म सजिलैसँग गर्न सकिन्छ । अनार स्वास्थ्यको लागि अति उपयुक्त फल
मानिन्छ । त्यसैले होला हाम्रो देशमा प्रायः मानिस बिरामी परेपश्चात अनारको खोजी
गर्दछन् । हाल मानिसहरू स्वास्थ्यप्रति अलिक सजग हुन थालेकाले विभिन्न प्रकारका
फलपूmलको माग पनि दिन प्रतिदिन बढ्दै गईरहेको छ ।
अनारको आयातबाट वर्षेनी करोडौको रकम विदेशमा गइरहेको छ । बढ्दो जनसंख्या एवं
स्वास्थ्य प्रतिको सचेतनाका कारण अनारको माग बढ्दै गईरहेको छ । त्यसैले मध्य पहाडी
जिल्लाका धेरै किसानहरू अनार खेतीप्रति बढी आकर्षित भएका छन् । अनारमा विभिन्न
किसिमका पोषक तत्वहरू प्रचुर मात्रामा पाइन्छ जसलाई तलको तालिकामा देखाइएको छ ।
Promograte
अनारको मुख्य
उत्पादन गर्न े दशे
हरूमा इरान, अफगानिस्तान, पाकिस्तान, भारत, बमार्, चीन, जापान, इजिप्ट, स्पेन र मोरक्को जस्ता रहेका छन् । अनार खेती गर्दा अलिक बढी कीराको नोक्सानी
हुनाले कृषकहरू तर्सिने गरेको पाइएको छ तर
प्राविधिकहरूको
सल्लाह बमोजिम खेती गर्ने हो भने कीरालाई सजिलैसँग नियन्त्रण गर्न सकिन्छ । सरकारी
एवं गैह्र सरकारी निकायहरूले अनार खेतीको अलिक बढी प्रचार प्रसार गर्न सकेमा
किसानहरूले यसको खेती गरी देशको
अर्थतन्त्रलाई नै
मजबुत पार्न सक्ने कुरामा दुईमत छैन । विभिन्न देशमा हाल ६० भन्दा बढी अनारको
प्रजातिहरूको खेती गरिन्छ ।
वानस्पतिक पृष्ठभूमी
अनारको बोट करिब ५–६ मिटर अग्लो हुन्छ तर उचाई जात अनुसार फरक फरक हुन सक्दछ । अनारमा १६ अथवा १८
क्रोमोजम संख्या हुन्छन् ९द्दल.द्दह.ज्ञट यच ज्ञड० । साधारणतयाः फल गोलोदेखि लिएर
अण्डाकारसम्म पाईन्छ । एउटा फलको ब्यास ८ देखि १२ से.मि. सम्म पाउन सकिन्छ ।
अनारको बोक्राको रंग सेतो, पंहेलोदेखि लिएर
रातो रंगको पाउन सकिन्छ तर फलको रंग हावापानीमा निर्भर गर्दछ । जात अनुसार कुनैको
बोक्रा पातलो हुन्छ भने कुनैको अलिक बाक्लो पनि हुन सक्दछ । वनस्पति विज्ञानका
अनुसार यसको फललाई बालाउस्टा ९द्यबबिगकतब० भनिन्छ जसमा हजारौंको संख्यामा बीउहरू
हुन्छन् । यिनै बीउको वरिपरि अलिक बाक्लो, रसले भरिएको र कमलो
भाग हुन्छ जुन भाग हामीले खाइन्छ । कुनै प्रजातिको बीउ कमलो र नरम हुन्छ र खाँदा
सजिलैसँग मुखमा बिलाउने खालको हुन्छ जसलाई बियाँ बिहिन प्रजाति ९क्भभमभिकक
खबचष्भतथ० भनिन्छ ।
उपयोग
पाकेका फलहरू सिधै
खानको लागि प्रयोग गरिन्छ ।
यसको रस
शक्तिवद्र्धक पुनर्ताजगी दिने पदार्थको रुपमा प्रयोग गरिन्छ ।
यसको रस कुष्ट रोगको
बिरामीको लागि अति उपयोगी हुन्छ ।
फलको बोक्रा
आयुर्वेदिक औषधीको रुपमा प्रयोग गरिन्छ, बोक्रा सुकाएर यसको
धूलो पानीमा फिटेर खाएमा झाडा पखालालाई नियन्त्रण गर्दछ ।
यसको बोक्राको
भित्री भाग पहेंलो–खैरो रंग बनाउन
प्रयोग गरिन्छ जुन उनी र सूतीको कपडा रंगाउन प्रयोग गरिन्छ ।
यसको बोक्रा हिलोले
खाएको ठाउँमा थिचेर लगाएमा सन्चो गर्दछ ।
अनारको फूलको, फलको बोक्राको तथा डाँठको बोक्राको रस नाकबाट रगत बग्ने तथा गिजाबाट रगत बग्ने
समस्याको समाधानको अचुक औषधीको रुपमा काम गर्दछ ।
अनारको नियमित
उपभागे ल े विभिन्न क्यान्सर (ब्रस्ेट क्यान्सर, फाक्ेसाको क्यान्सर
तथा प्रोस्टेट क्यान्सर) बाट बच्न सकिन्छ र नियमित उपभोगले क्यान्सरका सेललाई
घटाउँछ ।
मुटुको रोगीलाई अनार
साह्रै उपयोगी हुन्छ यसले कालेस्टरोलको मात्रा घटाउँछ त्यसैले उच्च रक्तचापका
बिरामीको लागि लाभदायक हुन्छ ।
बोटलाई बोन्साइ
बनाउन तथा अन्य आलंकारिक प्रयोजनको रुपमा प्रयोग गरिन्छ ।
पोषण तत्वको
उपलब्धता
(Availability of Nutrient)
Source: USDA Nutrient Database
१०० ग्राम अनारमा
पाइने पोषण तत्वहरू (Nutritional value
per 100 g)
शक्ति (Energy) 346 kJ (83 kcal) भिटामिन वी 0.08 mg (6%)
कार्बोहाइड्रेट (Carbohydrates) 18.7 g भिटामिन वी (Folate) 38 μg (10%)
चिनी (Sugars) 13.7 g भिटामिन सी 10 mg (12%)
रेशादार वस्तु (Dietary fiber) 4.0 g क्याल्सीयम 10 mg (1%)
चिल्लो पदार्थ (Fat) 1.2 g फलाम 0.30 mg (2%)
प्रोटिन (Protein) 1.7 g म्याग्नेसियम 12 mg (3%)
भिटामिन वी १ (Thiamine) 0.07 mg (6%) फस्फोरस 36 mg (5%)
भिटामिन वी२ (Riboflavin) 0.05 mg (4%) पोटासियम 236 mg (5%)
भिटामिन वी ३ (Niacin) 0.29 mg (2%) जिंक ण्।घछ 0.35 mg (4%)
भिटामिन वी ३ (Pantheistic acid) 0.38 mg (8%)
जात र फलको गुण
१. वेदना
फल मध्यमदेखि ठूलो
आकारको हुन्छ, बोक्रा सेतोदेखि
खैरो रंगसम्म हुन्छ । बियाँ नरम र कलेजी रङ्को हुन्छ र यसलाई क्भभमभिकक ख्बचष्भतथ
पनि भनिन्छ ।
२. कान्धारी
फल ठूलो आकारको
हुन्छ, फल गाढा रातो रंगको हुन्छ, यसको रस हल्का अमिलो हुन्छ र बियाँको रंग कडा रातो हुन्छ भने यसको बियाँ कडा
हुन्छ ।
३. पेपर सेल
फल मध्यम आकारको
हुन्छ, बोक्रा अलिक बाक्लो हुन्छ, बियाँ नरम तथा रातो÷कलेजी रङ्को हुन्छ
भने रस गुलियो हुन्छ ।
४. मस्काट रेड
फल सानोदेखि मध्यम, बोक्रा केही बाक्लो, मध्यम गुलियो, बियाँ त्यति कडा हुँदैन ।
५. धोल्खा
फल ठूला हुन्छन् ।
बोक्रा हरियोमा सेतो मिसिएको, गुलियो र बियाँ नरम
र फिक्का कलेजी रङ्को हुन्छ ।
६. गणेश
मध्यम खालको फल, बोक्रा केही बाक्लो र गुलियो हुन्छ ।
हावापानी
नेपालको मध्य पहाडी
जिल्लाहरूमा अनारको सफलताका साथ खेती गर्न सकिन्छ । यो फल प्रायः सुख्खा ठाउँमा
पनि गर्न सकिन्छ । राम्रो गुणस्तरको अनार उत्पादन गर्नको लागि हिउँदमा चिसो ठण्डा
र गर्मीयाममा न्यानो तथा सुख्खा रहने क्षेत्र उपयुक्त हुन्छ । तापक्रम १३—३५ डि.से. सम्म पनि यसको उत्पादन गर्न सकिन्छ । केही मात्रामा तुषारो सहनसक्ने
यो फलको लागि वार्षिक वर्षा ५०—६० से.मि. हुने ठाउँ
उपयुक्त हुन्छ । यो फल प्रायः प्रतिकुल
अवस्थामा पनि
सजिलैसँग गर्न सकिन्छ र अरु फललाई जस्तो पानीको आवश्यकता पनि पर्दैन तर निकासको
राम्रो व्यवस्था हुनु पर्दछ । प्रायः यो फल शितोष्ण प्रदेशमा पतझड भएतापनि उष्ण र
समशितोष्ण प्रदेशमा सदाबहार र आशिंक पतझडको प्रकृति देखाउँछ । बढी चिसो हावापानीले
फलको गुणस्तरमा नराम्रो असर पार्दछ ।
माटो
अनारको उत्पादन
प्रायः सबैजसो खालको माटोमा भएतापनि चिम्टाईलो दोमट किसिमको माटोमा राम्रो उत्पादन
हुन्छ । अम्लियदेखि केही छारियपन भएको माटोमा पनि सजिलैसंग उत्पादन गर्न सकिन्छ ।
माटोमा मलिलोपना राम्रो भएमा कम मल दिएपनि उत्पादन राम्रै हुने कुरा कृषि
विज्ञहरूको अनुसन्धानबाट पत्ता लागेको छ ।
प्रसारण
अनारको प्रसारण बीउ
र कटिङ्ग अथवा कलमीद्वारा दुबै तरिकाबाट गर्न सकिन्छ । साधारणतयाः अनारको प्रसारण
बीउबाट गरेको पाईन्छ तर बीउबाट प्रसारण गर्दा बिरुवाको गुणस्तर राम्रो हुँदैन
किनकी यसमा स्वसेचन मात्र
नभएर आशिंक अथवा
पूर्ण परसेचन हुन पनि सक्छ यसरी परसेचन हुँदा वर्णशंकर जातको बिरुवा उत्पन्न हुन
गई बिरुवा तथा फलको गुणस्तरमा एकरुपता नहुन सक्छ ।
यसरी फलमा एकरुपता
नहुँदा व्यवसायिक रुपले खेती गर्दा बजारको समस्या आउन सक्छ । त्यसैले अनारको
प्रसारण गर्दा वानस्पतिक विधिलाई अँगाल्नु वुद्घिमानी हुन्छ
।
वानस्पतिक विधिमा
पनि कटिङ्ग सहज र सफल भएको पाइएको छ । अनारमा सजिलै जरा आउने भएको कारण कटिङ्गलाई
विश्वव्यापी रुपमा प्रयोगमा ल्याइएको पाइन्छ । कटिङ्ग गर्दा सर्वप्रथम त माउ बोटको
छनौट गर्नु पदर्छ । राम्रो उत्पादन दिने स्वस्थ, निरोगी, सम्पूर्ण जातीय गुण भएको एवं फलको गुणस्तर राम्रो भएको बोटलाई माउ बोटको रुपमा
छनौट गर्नुपर्दछ । अनारको बिरुवा उत्पादन गर्न वयस्क बोटबाट माघको पहिलो हप्तामा
राम्रोसँग छिप्पिएका करिब १ वर्ष पुरानो (६ महिना भन्दा कम र २ वर्ष भन्दा बढी
उमेरको हाँगा उपयुक्त हुँदैन) सिसाकलम जत्रा हाँगालाई १०—१२ इन्च काटी फेदमा जिब्रो आकारमा १.५ ईन्च ताछी कटिङ्ग तयार गरिन्छ र कटिङ्ग
रोप्न बालुवा र माटो मिसिएको जग्गामा एक मिटर चौडाई र लम्बाई आवश्यकता अनुसारको
ड्याङ बनाउनु पर्दछ । कटिङ्ग गर्दा प्रत्येक टुक्रामा कम्तिमा पनि ६ वटा आँखा भएको
हुनु पर्दछ । प्रत्येक ८—१० इन्चको फरकमा
कटिङ्ग ४—५ इन्च माटामे ा घसु
ार्न े तर माटामे ा गाडन् अु घि कटिङ्गबाट सम्पूर्ण पातहरू हटाउनु पर्दछ । कटिङ्ग
रोपेको लाइनको दुवैतर्फ हलुका किसिमले माटोलाई थिच्ने र प्रत्येक दिनजसो झारीले
पानी दिनुपर्छ । उपयुक्त हावापानी भएमा ब्याडमा राखेको १५ दिनदेखि नै कटिङ्गमा जरा
आउने प्रकृया शुरु हुन्छ । घाँस उखेल्दा बडो होसियारीका साथ उखेल्ने र हल्का
गोडमेल गर्नुपर्छ अन्यथा कटिङ्ग उखेलिन सक्छ । साधारणतयाः ९—१२ महिनामा नै बिरुवा रोप्न लायक हुन्छ तर १—२ वर्षको बिरुवा
सबैभन्दा राम्रो मानिन्छ ।
कटिङ्ग गर्दा ध्यान
दिनु पर्ने कुराहरू
कटिङ्गको तल्लो भाग
छड्के र माथिको भाग सिधा गरी काट्नु पर्छ।
कटिङ्ग रोप्दा छड्के
गरी रोप्नुपर्दछ र उत्तरतिर फर्काएर रोपेमा सूर्यको प्रकाशबाट जोगाउन सकिन्छ ।
कटिङ्गमा चाँडै जरा
पलाउन हर्मोनको प्रयोग गर्न सकिन्छ ।
इन्डोल ब्युटारिक
एसिड (क्ष्।द्य।ब्०, न्यापथालिन एसिडिक
एसिड ९ल्ब्ब्०, इन्डोल एसिडिक एसिड
(क्ष्भ्ब्० आदि।
बजारमा पाइने तयारी
हर्मोन सेराडिक्स बी–२, रुटेक्स आदि धूलोवा झोलको रुपमा प्रयोग गर्न सकिन्छ ।
वानस्पतिक प्रसारणमा
कटिङ्गको अलावा एयर लेयरिङ्ग÷गुटी ९नययतभभ० पनि
प्रचलनमा रहेको छ । यसरी एयर लेयरिङ्ग गर्दा चक्कु अथवा लाग्ने हँसिया वनको झ्याउ
अथवा गोबर, मलिलो माटो, बाँध्ने डोरी, प्लाष्टिक र खरानी
जस्ता वस्तुहरूको आवश्यकता पर्दछ । निरोगी करिब एक वर्ष पुरानो हाँगा छान्नु पर्दछ
जसबाट सजिलैसँग जरा आउन सक्दछ । हाँगाको टुप्पातिर नभएर फेदतिर करिब एक इन्च जति
बोक्रा निकाल्नु पर्दछ । यसरी बोक्रा निकाल्दा
भित्रको क्याम्बीएम
लेयरलाई हटाउनु हँुदैन र हातको सहायताले राम्रोसँग मिच्नु पर्दछ ।
बोक्रा निकालेपश्चात
वनको भिजाएको झ्याउ, खरानी, मलिलो माटो, गोवर मिलाएर उक्त
ठाउँमा सबै ढाक्ने गरी लगाउनु पर्दछ । झ्याउले राम्रोसँग बेरिसकेपछि कालो
प्लाष्टिकले राम्रोसँग पानी नपस्नेगरी तल र माथि सुतिको
धागोले बाँध्नु
पर्दछ ।
सफल किसानको रोजाइ
एयर लेयरिङ गर्ने
समय ठाउँ अनुसार फरक पर्ने भएतापनि साधारणतयाः नेपालमा तराईमा माघको अन्तिम
हप्तादेखि फागुनको अन्तिम हप्तासम्म गर्न सकिन्छ भने मध्य पहाडी क्षेत्रमा फागुनको
पहिलो हप्तादेखि चैत्रको पहिलो हप्तासम्म गर्न सकिन्छ । यसरी बिरुवा ३–४ महिनामा तयार हुन्छ ।
रेखाङ्कन तथा रोपण
९ीबथयगत बलम एबिलतष्लन०
व्यवसायिक फलपूmल खेती गर्ने हो भने दीर्घकालीन सोचाई राखेर मात्र काम गर्नु पदर्छ । यसको
लागि रेखाङ्कन प्रकृयाा धरे ै महत्वपूर्ण हुन्छ । किनभने बिरुवा लगाउँदा गरेको
गल्तीलाई पछि सुधार्न कठिन वा असम्भव हुन्छ । जसले गर्दा ठूलो क्षति हुन सक्छ ।
रेखाङ्कन भन्नाले बिरुवा कति दूरीमा कहाँ रोप्ने भन्ने ठाउँ किटान गर्ने कार्यलाई
जनाउँछ ।
अनारमा गर्ने लाके
पिय्र रेखाङ्कन प्रविधिहरू (क) वर्गाकार (ख) षड्कोणाकार (ग) गह्रा कान्ला÷कन्टुर
उपयक्तु पद्घतिबाट
रेखाङ्कन गरी बिरुवा लगाउन सकेमा बगचंौ आकषर््ाक देखिने मात्र हैन, अन्तरबाली लिन, गोडमेल, मलजल र काँटछाँट गर्न विषादी छर्कन, फल टिप्न र बगचंौ
व्यवस्थापनका अन्य कायर्हरू गर्न समेत सजिलो हुन्छ । प्रायः अनारलाई वर्गाकार अथवा
षड्कोणाकारमा रोप्दा राम्रो हुन्छ तर जग्गा अलिक धेरै भिरालो परेको छ भने लाइनमा
कन्टुर प्रणाली ९ऋयलतयगच कथकतझ० मा पनि रोप्न सकिन्छ । कुनैपनि फलपूmल कति दूरीमा रोप्ने भन्ने कुरा उक्त ठाउँको हावापानी, माटो, सिँचाइको उपलब्धता
तथा छनौट गरिएका जातहरूमा निर्भर हुन्छन् । तर, जात अनुसार अनारलाई
बोटदेखि बोट ३—६ मिटर र लाइनदेखि
लाइन पनि ३—६ मिटर राख्न सकिन्छ
। बिरुवा रोप्नुभन्दा करिब २—३ महिना अगावै खाडल
१.५ घन मिटरको बनाउनु पर्दछ र राम्रोसँग घाममा सुकाएर अथवा सुकेका पातहरू पोलेर
राम्रोसँग कुहिएको कम्पोष्ट मल अथवा गोबर मल (२—३ डोको÷खाडल) हाली माथिल्लो सतहको माटोसँग मिलाइ राख्नु पर्दछ । लगाउने समय प्रायः
ठाउँ अनुसार फरक पर्दछ तर प्रायः अनार सिँचाइको एथेष्ट सुविधा भएको ठाउँमा पौष—माघ महिनामा र कम सिँचाइ हुने ठाउँमा वर्षा याममा लगाउँदा राम्रो हुन्छ ।
गोडमेल तथा मलखाद
अनार साधारणतयाः
रोपेको ३—४ वर्षदेखि राम्रो
फल दिन थाल्दछ । मलखाद तथा खाद्यतत्व दिने कुरा माटोको मलिलोपना, प्रकार तथा गुणस्तरमा निर्भर हुने भएतापनि फल टिपेपश्चात गोडमेल गर्दा ५०
के.जी. कम्पोष्ट
मल, २५० ग्राम नाइट्रोजन, २५० ग्राम फस्फोरस र
२५० ग्राम पोटास प्रति वर्ष प्रति बोट दिनु पर्दछ । जथाभावी रासायनिक मलको प्रयोग
गर्नु हुँदैन किनभने रासायनिक मलले फलको गुणस्तर निर्धारण गर्ने त्क्क्, बअष्मष्तथ,
त्क्क्रबअष्म चबतष्य
र जुसको प्रतिशतमा नकारात्मक असर पार्दछ । जस्तै, उदाहरणको लागि
नाइट्रोजनको मात्रा बढी भयो भने माथि उल्लेखित सम्पूर्ण कुराहरू घट्न जान्छ ।
अन्तरबाली
४—५ वर्षसम्म प्रतिस्पर्धा नगर्ने खालका चना, केराउ, मास, मुंग, तोरी जस्ता बालीहरू लगाउन सकिन्छ तर फल दिन थालेपछि अन्तरबाली लगाउनु उती
उपयक्तु हुदैन किनकी यस्ता बालीहरूले मुख्य बालीसगँ खाद्यतत्व, पानी तथा प्रकाश जस्ता श्रोतको लागि प्रतिस्पर्धा गर्ने गर्दछन् ।
तालिम तथा काँटछाँट
प्रायः अनारमा तालिम
तथा काँटछाँट गरेको पाइदैंन तर बोटको उचित आकार तथा फलको गुणस्तर वृद्विको निम्ति
यो एक अपरिहार्य कुरा हो । बूढा हाँगा, रोग÷कीरा लागेका तथा भित्र भित्रै बाँधिएका हाँगाहरूलाई हटाउनु पर्दछ
। बिरुवा रोपेपश्चात
६०—७० से.मि. को उचाइमा मुख्य टुप्पो काटिदिनु
पर्दछ र ४—५ वटा ठूला कोण भएका
हाँगा राख्नु पर्दछ ।
फूल फुलाई तथा
परागसेंचन
अनारमा स्वसेंचन
मात्र नभएर आंशिक तथा पूर्ण परसेंचन हुने गर्दछ । यसमा प्राकृतिक रुपमा तथा हातले
पनि परागसेचन गराउन सकिन्छ । हातले परागसेंचन गराउँदा राम्रोसँग हुने हुनाले फलको
गुणस्तर राम्रो हुने र फल
भित्र धेरै बियाँ÷बीउ लाग्ने कुरा विभिन्न ठाउँमा गरिएका अनुसन्धानबाट पत्ता लागेको छ । अलिक
ठूलो क्षेत्रफलमा गर्दा यो बढी खर्चालु तथा साह्रै व्यवाहारिक नलागेतापनि आर्थिक
विश्लेषण गर्दा फाइदाजनक देखिन्छ । प्राय उष्ण प्रदेश (गर्मी ठाउँमा) वर्षैभरि
फुलेको देख्न सकिन्छ तर समशितोष्ण प्रदेश (मध्य पहाडी क्षेत्र) मा भने ३ वटा
निश्चित समयमा ९ पुस/माघ (Ambe bahar) जेष्ठ/आषाढ (Mrig bahar) तथा असोज/कार्तिक (Hasth
bahar) फूल फुल्ने गरेको
पाइन्छ । तर विभिन्न कृषि कर्महरू गरेर फूल फूल्ने समयलाई परिवर्तन गर्न सकिन्छ र
बजारको माग अनुसार कसरी कुन समयमा फूल फुलाउने भन्ने बारेमा विभिन्न देशहरूमा
अनुसन्धानहरू भइरहेका छन् ।
चित्र नं. ५ः कोपिला
तथा पूर्ण चित्र नं. ६ः अनारको फूलको विभिन्न
फक्रिएको फूल भागहरू
फूलको पोथी भाग (Stigma) फूल फुल्नुभन्दा करिब १ दिन अगावै वयस्क अवस्था (Maturity) मा आउँछ र दुई दिन पछिसम्म पनि रहिरहन्छ त्यही बेला भाले फूल (Stamen) का परागकणहरूको समागमन भयो भने राम्रोसँग
परागसेचन हुन पाउँछ
र गुणस्तरीय फल उत्पादन हुन्छ ।
फल फुट्ने
अनारमा फल फुट्ने
समस्या माटोमा भएको चिसोपना, दिनको र रातको
तापक्रम तथा सापेक्षित आद्रतामा घटबढ भएर हुने गर्दछ । यो समस्या प्रायः असारतिर
फुलेका बोटहरूमा भएको पाइन्छ जुन बेलामा बढी मात्रामा
अनियमित वर्षा हुन्छ
उक्त बेला बढी समस्या हुने गर्दछ । यदि अलिक लामो समयसम्म सुख्खा भयो र एक्कासी
ठूलो पानी प¥यो भने त्यस्तो
बेलामा बढी फल फुट्ने गर्दछ । एक्कासीको बढी वर्षा तथा सिँचाइले बियाँको वरिपरिको
नरम खाने भाग फैलन
जान्छ तर बाहिरी बोक्रा फैलन सक्दैन फलस्वरुप बोक्रा फुट्न जान्छ । त्यसैले लामो
समयको खडेरीको बेलामा पनि बेला बेलामा सिँचाइ गरिराख्नु पर्दछ ।
सिँचाइ
अनारको उत्पादन
सुख्खा ठाउँमा पनि गर्न सकिन्छ तर नियमित सिँचाइ गर्नाले फलको गुणस्तरमा सुधार
आउनुको साथै उत्पादनमा वृद्वि हुन्छ । सुख्खा ठाउँमा छापोको व्यवस्था गरी
चिस्यानलाई कायम राख्न सकिन्छ । यसरी छापो दिँदा कुहिएर मल हुने खालका पदार्थहरूको
प्रयोग गर्नु पर्दछ जसले गर्दा चिस्यान जोगाई राख्नुका अलावा कुहिएर मलखादको काम
पनि गर्दछ र माटोमा लाभदायक सूक्ष्म जीवाणुको संख्यामा पनि वृद्वि हुने गर्दछ ।
कीरा तथा रोगहरू
अनारमा ४५ भन्दा बढी
पज्रातिका कीराहरूल े आकम्रण गर्ने गरेकोे पाइन्छ साथै दर्जनौ रोगहरू पनि समस्याको
रुपमा रहने वैज्ञानिकहरूको दाबी छ । कीराहरू तथा रोगहरूको संक्रमण बगंैचाको सर
सफाई, भौगोलिक अवस्था
तथा अन्य व्यवस्थापन
पक्षले असर पारेको हुन्छ । अनारको प्रमुख समस्याको रुपमा अनारका े पतु ली (फलमा
प्वाल पार्ने कीरा) हो भने त्यसपश्चात अनारको बोक्रा खाने झुसिलकीरा, जरामा लाग्ने धमिरा, लाही कीरा, सेतो पुतली, स्केल कीरा, थ्रिप्स आदि हुन् ।
कीराहरू
१. अनारको पुतली
यो अनार बालीमा
सबैभन्दा बढी क्षति गर्ने कीरा हो । पोथी पुतलीले फलको सतहमा दिनको समयमा फुल
पार्दछ र केही दिनमा उक्त फुलबाट लार्भा ९ऋबतभचउष्ििबच० निस्कन्छ र बिस्तारै
बिस्तारै खाँदै प्वाल पारेर फल भित्र पस्दछ । भित्र गएर अनारको बियाँ खाएर सक्छ र
भित्र सम्पूर्ण लार्भाको दिशा ९भ्हअचभतब० ले भरिएको हुन्छ । विभिन्न अनसुन्धानबाट
यसले अनार बगचंौलाई ६०—७० प्रतिशतसम्म
क्षति गरेको पाइएको छ ।
चित्र न.ं ७ः अनार
ब्यागीङ्ग गर्न े चित्र न.ं ८ः स्थानीय तरिकाबाट अनार अवस्थामा ब्यागिङ्ग गरिएको
नियन्त्रण
यसबाट बचाउन फललाई
सानो अवस्थामा नै प्लाष्टिक अथवा तेलमा डुबाएको खबर पत्रिका/कागजले राम्रोसँग थैला
बनाएर ढाक्नु पर्दछ, जसले गर्दा पुतलीले
फुल पार्न पाउँदैन र नोक्सान हुन पाउँदैन ।
भाले पुतलीलाई
आकर्षण गर्ने मोहनी पासो थापेर भालेलाई नष्ट गरेर नियन्त्रण गर्न सकिन्छ ।
यस्ता तरिकाबाट
नियन्त्रण गर्न सकिएन भने मात्र रासायनिक विषादीको प्रयोग गर्नु पदर्छ । मटोसीड १
मी.ली.÷लिटर पानीमा, कार्बाराइल ०.२%
प्रत्येक १५ दिनको फरकमा स्पे्रयरको सहायताले छर्केर पनि नियन्त्रण
गर्न सकिन्छ ।
२. अनारको बोक्रा
खाने लार्भा
यसका लार्भाले
बोक्रा खनेर भित्र गई भित्री भाग खाने गर्दछन् । राम्रोसँग व्यवस्थापन नभएका बगचंौ
र बूढा भएका बाटे हरूमा बढी समस्या देखिन्छ ।
नियन्त्रण
बगैंचा सधैं सफा सुग्घर
राख्नु पर्दछ ।
बढी घनत्व भएको र कम
व्यवस्थापन भएको बगैंचामा यस्को समस्या टड्कारो रुपमा देखिन्छ त्यसकारण बाक्लो
भएको बोटहरूलाई हटाउनु पर्दछ ।
हाँगाहरूमा लागेको छ
भने क्षति भएको भागलाई मात्र हटाउन पनि सकिन्छ तर मुख्य काण्डमा नै लागेको छ भने
थोरै कपास तारमा बेरेर मट्टितेल अथवा पेट्रोलमा चोबेर प्वाल भित्र घुसाउनु पर्दछ र
माटोले हावा नपस्ने गरी टाल्नु पर्दछ ।
३. डाँठ प्वाल
पार्ने कीरा
कम व्यवस्थापन भएको
बगचंौमा यो कीरा बढी देखिन्छ । लार्भाले हागाँमा तथा काण्डमा प्वाल पार्दछ र भित्र
बस्दछ तर रातमा प्वालबाट बाहिर आउँछ
र बोक्रा खाने गर्दछ । समाधानको लागि बगैंचा सफा सुग्घर राखी राम्रोसँग
व्यवस्थापन गर्नु
पर्दछ ।
४. रस चुस्ने
कीराहरू
रस चुस्ने कीराहरू
जस्तै उदाहरणको लागि लाही कीरा, थ्रिप्स, स्केल कीरा, माइट, मिली बगलाई लिन सकिन्छ । यिनीहरूले आफ्नो प्रकृति अनुसार कलिला पातहरूमा, फूल तथा मुनामा बसेर रस चुस्दछन् फलस्वरुप
कोपिला, फूल तथा स–साना फलहरू खस्दछन्
।
बगैंचा सधंै सफा र
सुग्घर राखी बगैंचाको राम्रो व्यवस्थापन गर्नुपर्दछ ।
यस्ता कीराहरू
लागेको देख्नासाथ हातले टिपेर फ्याँक्नु पर्दछ तर यो शुरु शुरुको अवस्थामा मात्र
सम्भव हुन्छ ।
नियन्त्रण नभएमा ०.१
प्रतिशत मालाथियन १०–१५ दिनको फरकमा
छर्नु पर्दछ ।
५. पातखाने लार्भा
वयस्क पोथी पुतलीले
पातको तल्लो भागमा फुलहरू पार्दछन् र उक्त फुलबाट लार्भा निस्की पातमा भएको
सम्पूर्ण हरितकणहरू खाइदिन्छन् र पातलाई जाली जस्तो बनाइदिन्छ । यसको नियन्त्रणको
लागि रोगर १.५ मी.ली. प्रति लिटर पानीमा मिसाएर १०–१५ दिनको फरकमा छर्न
सकिन्छ ।
रोगहरू
नेपालमा अनारमा खासै
रोगहरूको समस्या भएको पाइदैंन तर पनि विभिन्न रोगहरूले यदाकदा आक्रमण गरेको पाइन्छ
। जस्तै खडा बालीमा अर्थात् बगैंचामा Colletotircum leaf spot (Colletotricum gleosporioides),
Fusarium leaf spot (Fusarium fusaroides), Phomopsis leaf spot (Phomopsis
aucubicola), Fruit spot (Beltaraniella humicola) Drechsiera fruit spot
(Drechsiera rostarata) जस्ता रोगहरू लागेको पाइन्छ भने फल टिपे पश्चात
लाग्ने रोग अर्थात Post harvest disease को रुपमा Phomopsis fruit rot (Phomopsis sps.), Soft rot (Rhizopus
arrhizus), Bacterial blight (Xanthomonas campestris pv. punicae) आदिको प्रकोप रहेको
पाइन्छ ।
फल टिप्ने तथा
भण्डारण
साधारणतयाः फूल
फुलेको ५ देखि ६ महिनामा फल टिप्न योग्य हुन्छ तर यो अवधि ठाउँ अनुसार फरक पर्न
सक्दछ । तराई तथा गर्मी ठाउँमा यो अवधि अलिक छोटो हुन्छ भने मध्य पहाडी
जिल्लाहरूमा अलिक लामो हुन्छ । फलको रगं हरियो बोाट पहलो हुदै हल्का रातो हनु
थालपेछि फल पाक्यो भनेर थाहा पाउन सकिन्छ । अनारको फल पूर्ण परिपक्व भएपछि, फलको रंग पंहेलो/रातो भएपछि र फललाई हान्दा धातुको जस्तो आवाज आएमा मात्र फल
टिप्नु पर्दछ । अनारलाई साधारण तापक्रममा पनि केही महिनासम्म सजिलै भण्डारण गर्न
सकिन्छ ।
उत्पादन
उत्पादन धेरै
कुराहरूमा निर्भर हुन्छ । उत्पादन बगैंचाको अवस्थिति, माटो, हावापानी, जात, व्यवस्थापन तथा अन्य
कुराहरूमा भर पर्दछ । तर शुरुका वर्षहरूमा २५—३० दाना/बोट
फलेतापनि उमेर बढ्दै जाँदा उत्पादन पनि बढ्दै जान्छ । अनारले २०—२५ वर्षसम्म उत्पादन राम्रो दिन्छ त्यसपश्चात बिस्तारै घट्दै जान्छ तर राम्रो
व्यवस्थापन तथा मल जल गर्न सक्यो भने यो अवधिलाई अरु १० वर्ष लम्ब्याउन सकिन्छ ।
करिव १०—११ वर्षको बोटले १००—१५० फल÷वर्ष दिने कुरा
अनुसन्धानबाट प्राप्त भएको छ । मध्य पहाडमा साधारणतयाः ८—१० मे.ट./हेक्टर सम्म उत्पादन हुन्छ ।
ग्रेडिङ्ग तथा
प्याकेजिङ्ग
साधारणतयाः अनारको
फललाई तीन वटा ग्रेडमा छुट्याउन सकिन्छ । पहिलो (३५० ग्राम भन्दा माथि), दोश्रो (२००—३५० ग्राम) र तेश्रो
(२०० ग्राम भन्दा कम) तौल भएको हुन्छन् । ग्रेडिङ्ग रंगको आधारमा पनि गर्ने प्रचलन
छ । फलको साइजका े आधारमा फलहरूलाई काटर्नु मा मिलाएर राख्नु पर्दछ र टाढा पु¥याउनको लागि टिस्यु पेपरले फललाई बेरेर कार्टुनमा राख्दा राम्रो हुन्छ ।
सुख्खा घाँस अथवा पराल कार्टुनको पिंधमा र माथि राख्दा राम्रो हुन्छ । अनारलाई
साधारण तापक्रममा पनि लामो समय सम्म राख्न सकिन्छ ।
बजार
हालसम्म नेपालमा
अनारको बजारमा कुनै समस्या देखिएको छैन । नेपालका प्रमुख शहरहरूमा भारतीय अनार
चर्को मूल्यमा बिक्री भइरहेको पाइन्छ । बाह्रै महिना अनारको मूल्यमा खासै कमी आएको
पाइंदैन । अनार फलको रुपमा मात्र नभएर जुस बनाएर पनि बिक्री भइरहेको पाइन्छ ।
कृषकहरूले उत्पादन गरेको फलपूmल, बजारसम्मको ढुवानी, प्याकिङ्ग, भण्डारण, लगायतका सुविधाहरू
उपलब्ध भए÷नभएको आधारमा
विभिन्न तहहरू पार गर्नुपर्ने हुन्छ । यसो गर्दा बीचमा हुनसक्ने नोक्सानी, खर्च, समय, मुनाफा आदिले गर्दा उत्पादनदेखि उपभोक्तासम्म पुग्दा वस्तुको अवस्था, गुणस्तर र मूल्यमा निकै फरक परिसकेको हुन्छ । बीचमा बिचौलियाहरूले कम
परिश्रममा नै मनग्य पैसा कमाइरहेका हुन्छ
No comments:
Post a Comment